• Thursday, April 10, 2025

थप ४६३ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या १२ हजार ७७२ पुग्यो

उपेश महर्जन / काठमाडौं, असार १४ गते । कोरोना भाइरस कोभिड–९० सङ्क्रमितको संख्या १२ हजार ७७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ४६३ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार, १०५ जना महिला र ३५८ जना पुरुष रहेका छन् । कुल सङ्क्रमित हुनेमा एकहजार चारसय ७४ जना महिला र एघारहजार दुईसय ९८ पुरुष रहेका छन् ।

डिस्चार्ज

थप १७९ डिस्चार्ज भएका छन् । याेसँगै निकाे हुने तीनहजार १३ पुगेकाे छ । पछिल्लो २४ घण्टामा देशभर १३ महिलासहित १७९ जना डिस्चार्ज भएका छन्।

प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका मोरङ १७, झापा २, उदयपुर ६, इलाम १, सुनसरी १, धनुषा १०, महोत्तरी ५६, डडेलधुरा १, अर्घाखाँची ६, दार्चुला १, दोलखा २, गोर्खा १, गुल्मी ३७, खोटाङ ४, रौतहट १७, सर्लाही १, सिन्धुपाल्चोक १, कपिलवस्तु ८, धादिङ १, ललितपुर १ , बाजुरा ९५, कास्की ५, नवलपरासी ३१, बागलुङ २९, पर्वत २, सल्यान १, तनहुँ ६, लमजुङ १, म्याग्दी २, पाल्पा २, प्युठान ३५, गुल्मी १, रुपन्देही १२, दाङ ३४, रोल्पा १, बाजुरा ३२, रुकुम १, सल्यान १, कैलाली १७ र डोटीमा १३ गरी थप ४६३ जनामा कोरोना पुष्टि भएको हाे ।

ललितपुरमा थप एक

ललितपुरमा थप एकजना महिला सङ्क्रमित थपिएको छ ।

रेड जोन

रेड जोनमा दुईजना थपेसँगै अहिले ५१४ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा २२ वटा परीक्षणशालामा चारहजार ९६२ र आरडीटी दुई हजार ७३२ रहेको छ । क्वारेन्टाइनमा ६१ हजार ७३१ र आइसोलेसनमा नौहजार ७३१ जना रहेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter