• Wednesday, April 30, 2025

नेपाल पर्यटन बोर्डद्वारा पर्यटन प्रोटोकल तालिम शुरु

काठमाडौं, असार १९ गते । नेपाल पर्यटन बोर्डले पर्यटन प्रोटोकोलसम्बन्धी डिजिटल तालिम शुरु गरेको छ । कोभिड १९ सङ्क्रमणको जोखिमपछि पर्यटन क्षेत्र खुला गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पर्यटन बोर्डले जारी गरेको पर्यटन क्षेत्रको स्वास्थ्य सुरक्षा निर्देशिकालाई प्रभावकारी प्रयाग गर्न पर्यटन व्यवसायीहरूका लागि अनलाइन तालिम शुरु गरेको हो ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले बिहीबारदेखि शुरु भएको तालिममा छ सय जनाको सहभागिता रहने र आगामी दिनमा यो सङ्ख्या बढाउँदै लगिने बताउनुभयो ।

तालिम असार ८ गते संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री योगेश भट्टराईले जारी गर्नुभएको पर्यटन क्षेत्रका लागि स्वास्थ्य प्रोटोकोलमा आधारित रहेको पर्यटन बोर्डले जनाएको छ ।

पर्यटक विमानस्थलमा ओर्लेदेखि फर्किँदासम्म अपनाउनुपर्ने विषय प्रोटोकलमा समावेश छ ।

तलिमले पर्यटन उद्योगको हालको प्रमुख विषय स्वास्थ्य सुरक्षामा जोड दिई डिजिटल मार्केटिङको प्रयोग गरी व्यवसायलाई जीवन्त बनाउन तथा व्यवसायीबीच समन्वय गराई समग्र पर्यटन क्षेत्रको विकासका लागि समुचित वातावरण बनाउने विश्वास लिइएको कार्यकारी प्रमुख रेग्मीले बताउनुभयो ।

नेपाल पर्यटन बोर्डले होटल सङ्घ नेपाल (हान), नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स् (नाटा) तथा ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) सँगको समन्वयमा तालिमको आयोजना गरिएको हो । आगामी दिनमा आवश्यकता अनुसार अन्य पर्यटन सङ्घसंस्थाहरूसँगको समन्वयमा प्रादेशिक स्तरमा समेत तालिमलाई अगाडि बढाइने पयर्टन बाेर्डले जनाएकाे छ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter