उपत्यकामा ३० सहित थप २९३ सङ्क्रमित, कुल १५ हजार ७८४; छ हजार ५४७ डिस्चार्ज
काठमाडौँ, असार २१ गते । पछिल्लो २४ घण्टामा २९३ जनामा कोरोना सङ्क्रमित पुष्टि भएकाे छन् । योसँगै कुल सङ्क्रमित १५ हजार ७८४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो ।
यस्तै काठमाडौँ उपत्यकामा सङ्क्रमित सङ्ख्या ३० पुगेको छ । काठमाडौँ जिल्लामा २७, ललितपुरमा दुई र भक्तपुरमा एक जना सङ्क्रमित भएका छन् ।
क्वारेन्टाइनमा ३१ हजार ५७३ र आइसोलेसनमा एक हजार २०३ जना रहेका छन् ।आज १३२ जना निको भएर डिस्चार्ज हुनुभएको छ । अहिलेसम्म छ हजार ५४७ डिस्चार्ज हुनुभएको छ ।