• Tuesday, April 29, 2025

खानेपानीका आयोजनाको प्रगति ८० प्रतिशत

लक्ष्मण दर्नाल / काठमाडौँ, साउन २१ गते । खानेपानी मन्त्रालयको वार्षिक भौतिक प्रगति ८० प्रतिशत भएको छ । मन्त्रालय मातहतका निकायको आर्थिक वर्ष ०७६÷७७ मा गरेका भौतिक तथा वित्तीय प्रगतिको तेस्रो चौमासिक एवं वार्षिक समीक्षा बैठकमा ८० प्रतिशत प्रगति भएको बताइएको हो ।

मन्त्रालय अन्तर्गत गत आर्थिक वर्षमा १४ वटा आयोजना सम्पन्न भई एक लाख ९० हजार २९२ जनसङ्ख्या उच्च तथा मध्यमस्तरको खानेपानी सेवाबाट लाभान्वित भएको सहसचिव सिंखडाले बताउनुभयो । गत आर्थिक वर्षमा २४२ आयोजना सम्पन्न भई एक लाख ९४ हजार ४२३ जनसङ्ख्या आधारभूतस्तरको खानेपानी सेवाबाट लाभान्वित भएको उहाँको भनाइ छ ।

खानेपानी तथा ढल व्यवस्थापन विभागको ०७६÷७७ मा समग्र भौतिक प्रगति ७३ र वित्तीय प्रगति ७८ प्रतिशत रहेको छ । खानेपानी विभागअन्तर्गत रहेका खानेपानी सेवा विस्तार तथा पुनस्र्थापना कार्यक्रमको भौतिक प्रगति ८७ प्रतिशत, खानेपानी गुणस्तर सुधार कार्यक्रमको प्रगति ८९ प्रतिशत, तेस्रो साना सहरी खानेपानी आयोजनाको प्रगति ७६ प्रतिशत र सहलगानीका खानेपानी तथा सरसफाइ आयोजनाको प्रगति ७३ प्रतिशत रहेको विभागका महानिर्देशक सुनिलकुमार दासले जानकारी दिनुभयो ।

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको भौतिक प्रगति ९२.८८ प्रतिशत रहेको छ । मेलम्ची आयोजनाले गएको आर्थिक वर्षको अवधिमा हेडवक्र्स डाइभर्सन सुरुङ सञ्चालन गरिएको र समग्र हेडवक्र्सको काम ७० प्रतिशत सकिएको बताइएको छ । त्यस्तै, गत आर्थिक वर्षको अवधिमा सबै अडिट तथा सुन्दरीजल पोर्टलमा समेत गरी छवटा गेट जडानको कार्य सम्पन्न भएको र सुन्दरीजल पोर्टलबाट पानी प्रशोधन केन्द्रसम्मको सप्लाई पाइप तथा बाग्मती नदीसम्मको वासआउट पाइप जडान कार्य सम्पन्न भएको आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले बताउनुभयो । ०७६÷७७ मा आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) को भौतिक प्रगति ६८ प्रतिशत रहेको छ । त्यस्तै, काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजनाको भौतिक प्रगति ८२ प्रतिशत रहेको आयोजनाले जनाएको छ ।

मन्त्रालयका अनुसार ०७६÷७७ मा ५४ वटा क्रमागत सहलगानीका आयोजनामध्ये छवटा सम्पन्न भई ४६ हजार ५३४ जनसङ्ख्या लाभान्वित भएका छन् । तेस्रो साना सहरी खानेपानी आयोजना अन्तर्गत दुईवटा आयोजना सम्पन्न भई ५० हजार ५७० जनसङ्ख्या लाभान्वित भएका छन् । खानेपानी गुणस्तर सुधार कार्यक्रम अन्तर्गत निर्माणाधीन ६१ वटा आयोजनामध्ये चारवटा सम्पन्न भई करिब ६१ हजार ७४३ जनसङ्ख्या लाभान्वित भएको जानकारी मन्त्रालयका सहसचिव सिंखडाले जानकारी दिनुभयो ।

त्यस्तै, जलवायु अनुकूूलित बृहत् खानेपानी आयोजना अन्तर्गत दुईवटा आयोजना सम्पन्न भई ३१ हजार ४४५ जनसङ्ख्या लाभान्वित भएको खानेपानी विभागले जनाएको छ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको भौतिक प्रगति ९८ प्रतिशत र वित्तीय प्रगति ९९ प्रतिशत रहेको छ । नेपाल खानेपानी संस्थानको भौतिक प्रगति ७९ प्रतिशत रहेको छ ।

मन्त्रालय मातहत रहेको ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिअन्तर्गत गत आर्थिक वर्षमा दुई सय ३८ वटा आयोजना सम्पन्न भई एक लाख ६८ हजार सात सय चार जनसङ्ख्या लाभान्वित भएको कार्यकारी निर्देशक चोकप्रसाद धितालले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter