• Sunday, April 27, 2025

नआत्तिनुहोस् नेपालमा कृषिमै छ अथाह सम्भावना

मुकुन्द गैरे / काठमाडौँ, साउन, २७ गते । नेपालको श्रम बजारमा वार्षिक पाँच लाखको हाराहारीमा श्रम जनशक्ति बजारमा आउने गर्छन् । स्वदेशमा रोजगारी अवसर नभएको भन्दै बर्सेनि लाखाैँ युवाशक्ति विदेश जाने गर्छन् ।

देशको अर्थतन्त्र चलायमान बनाउन रेमिट्यान्सको ठूलो योगदान छ । तर विश्वमा फैलिँदैगएको कारोना भाइरसले विदेशमा कार्यरत धेरै नेपालीले रोजगारी गुमाउने आकलन गरिएको छ । खाडी मुलुकमा मात्र दुईदेखि तीन लाख नेपालीले रोजगारी गुमाउने अनुमान गरिएको छ ।

रोजगारी गुमाएर स्वदेशमा फर्कने युवालाई कृषि क्षेत्रमा जोड्न सके लाखौँलाई रोजगारी दिन सकिने अर्थविद्हरू बताउछन् । अर्थविद् डा. चन्द्रमणि अधिकारी नेपाल कृषिको अथाह सम्भावना भएको मुलुक भएको बताउनुहुन्छ ।

अब परम्परागत रुपमा कृषिभन्दा पनि नयाँ प्रविधि तरिकाले कृषिमा लाग्नु जरुरी रहेको डा. अधिकारी बताउनुहुन्छ । थोरै लगाएर धेरै उत्पादन गर्ने बाटोतर्फ जान आवश्यक छ । परम्परागत रुपमा लगाउँदै आएको खाद्यान्न मात्रै लगाएर हुँदैन नयाँ किसिमका फलफूल किम्बुलगायत यस्ता धेरै प्रकारका फलफूल लगाउन सकिने उहाँ बताउनुहुन्छ । वनजन्य कृषि गरे पनि थोरै लगानीबाट धेरै आम्दानी गर्न सकिने डा. अधिकारी बताउनुहुन्छ ।

सरकारले स्वदेशमा रोजगारी सिर्जना गर्नको लागि मेकानिकल, इलेक्ट्रोनिक, घरेलु उद्योगबाट उत्पादन हुने सामान उत्पादन गर्न विभिन्न तालिम दिए रोजगारी सिर्जना गर्न सकिने अर्थविद् अधिकारी बताउनुहुन्छ ।

उहाँका अनुसार मानिसको लागि अत्यावश्यक भएको मास्कको मात्र बनाउने तालिम दिएर उद्योग खोले धेरैलाई रोजगारी दिन सकिन्छ । बाहिर गएर जस्तोसुकै काम गर्न तयार हुने तर स्वदेशमा कामलाई ठूलो र सानो भन्ने सोच परिवर्तन गर्न जरुरी रहेको अधिकारी बताउनुहुन्छ ।

काम सानो ठूलो हुँदैन, कामको सम्मान गरौँ भनेर सरकारले स्थानीय स्तरमा जनचेतना जगाउन आवश्यक रहेको अधिकारी बताउनुहुन्छ ।

अब सातै प्रदेशमा कृषि केन्द्र खोल्न जरुरी रहेको उहाँ बताउनुहुन्छ । त्यस केन्द्रबाट कृषकका सम्पूर्ण समस्या समाधान हुने गरी काम गर्न आवश्यक रहेको अधिकारी बताउनुहुन्छ ।

सहकारी र निजी क्षेत्रलाई जोड्न सके बजारीकरणको समस्याको समाधान गर्न सकिने अधिकारी बताउनुहुन्छ । अब हिजोजस्तो हलो र बीउ मात्रै दिएर कृषिमा विकास गर्न सकिँदैन नयाँ प्रविधिमा लाग्न आवश्यक छ ।

मन्त्रालयहरूले पनि कृषि क्षेत्रको बारेमा अध्ययन गरेर मन्त्रालय विभागबीच एक आपसमा समन्वय गर्न आवश्यक रहेको डा. अधिकारी बताउनुहुन्छ ।

कृषकको लागि बीमाको व्यवस्था भएमा भोलिका दिनमा ठूलो मात्रमा कृषि क्षेत्रमा राम्रो मान्छेको लगानी गर्न आउने सङ्ख्या बढ्ने र कृषिमा आत्मनिर्भर बन्न सकिने उहाँ बताउनुहुन्छ ।

यसै गरी साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष एवम् राष्ट्रिय कृषि सहकारी केन्द्रीय सङ्घका अध्यक्ष खेम पाठक कृषकलाई बजारीकरणको लागि सहकारीमार्फत जोड्न सके बजारीकरणको समस्या धेरै हदसम्म समाधान हुने बताउनुहुन्छ ।

साना लगानी भएका कृषकसँग ठूला बैङ्कसम्म पहुँच रहेको हुँदैन । त्यस्ता किसान कृषि सहकारीसँग जोडिएको अध्यक्ष पाठक बताउनुहुन्छ । कृषिमा लागेर स्वरोजगार बन्ने इच्छाशक्ति भए कृषिबाटै राम्रो कमाइ गर्न सकिने पाठक बताउनुहुन्छ ।

विदेशमा गएका धेरै युवा कोरोनाका कारण बेरोजगार भएर स्वदेश फर्किन बाध्य छन् । उनीहरूलाई आत्मनिर्भर बन्ने प्रमुख आधार कृषि नै हुने उहाँ बताउनुहुन्छ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter