• Thursday, May 01, 2025

बाध्यताले कोही विदेश जान नपर्ने गरि काम गरिरहेका छौँ – प्रधानमन्त्री

काठमाडौं, साउन २८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दिनमा रोजगारीको लागि कोही नेपाली बाध्यताले विदेश जान नपर्ने गरि काम गरिरहेको बताउनुभएको छ ।

आज राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको अन्तराष्ट्रिय युवा दिवस २०७७ को अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली अबको केही वर्षमा रहरले कोही नेपाली विदेश जाने कुरा रहे पनि बाध्यताले आफनो दैनिकी चलाउन बाहिरी मुलुक जान नपर्नेसरकारले काम बताउनुभयो ।

हाम्रो देश प्राकृतिक अथवा विविध रुपमा सम्पन्न भएको देश भएता पनि आर्थिक रुपमा पछाडि पर्नु बिडम्वना भएको प्रधामन्त्री ओलीले बताउनुभयो । अब नेपाली यूवाहरु निरास नभई हामीले देखेका सपना साकार बनाउन लाग्न युवाहरुलाई उहाँले आग्रह गर्नुभयो । प्रधामन्त्री ओलीले देशलाई विकासको गतिमा अगाडि बढाउन निरास नभई संकलप साथ अगाडि बढ्न युवाहरुलाई आग्रह गर्नुभयो । उहाँले युवाहरुको सिप, क्षमता विकास गर्न नीति, योजना बनाएर काम गरिरहेको बताउनुभयो ।

सरकारले यूवाहरुको उत्थानको लागि सरकारले धेरै कार्यक्रम संचालन गररहेको जानकारी दिदैँ युवाहरुको लागि भनेर करिव ७६ अर्व जति बजेट युवाहरुको लागि छुटटाएको समेत प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।

देशलाई सुशासनपूर्ण विकासको रुपमा अगाडि लैजानु पर्ने आवश्यकता रहेको बताउर्दै युवाहरुलाई देशलाई समृद्धीको यात्रामा अगाडि बढाउन लाग्न प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो ।

हामीहरुले धेरै लक्ष्य प्राप्त गर्नु पर्ने रहेको बताउदै दिगो विकास प्राप्त गर्न युवाहरुको ठुलो भूमिका रहने उहाँले बताउनुभयो ।

युवाहरु राजनीतिक लयायत विभिन्न क्षेत्रमा उल्लेखनीय तरिकाले अगाडि बढेको बताउर्दै अन्तराष्ट्रिय क्षेत्रमा पनि पहिचान बनाउन सफल भएको प्रधानमन्त्रीले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter