• Monday, April 07, 2025

बुधबार रातिदेखि उपत्यकामा निषेधाज्ञा

काठमाडौँ, भदौ २ गते । बुधबार राति १२ बजेदेखि उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा लागू हुने भएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुको बैठकले १० भदौसम्म निषेधाज्ञामा जाने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको बैठकले निषेधाज्ञा लागू गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले जानकारी दिए । उपत्यकामा कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै गएपछि एक साताका लागि निषेधाज्ञा लागू गर्न लागिएको हो ।

सरकारले निषेधाज्ञा लागू गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएपनि केन्द्रीय राजधानी भएकाले गृह मन्त्रालयको स्वीकृतीमा निषेधाज्ञा लागू गर्न लागिएको हो । निषेधाज्ञामा अत्यावश्यक सेवा बाहेक अन्य व्यवसाय बन्द हुनेछन् । यातायात पनि पूर्ण रुपमा बन्द हुने छ ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter