• Tuesday, June 10, 2025

सगरमाथा आरोहणको लागि बहराइन राजपरिवारका सदस्य नेपाल आउने निश्चित

काठमाडौं, फागुन २० गते । सर्वोच्च शिखर सगरमाथा आरोहणको लागि बहराइन राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली पुनः दोश्रो पटक नेपाल आउने निश्चित भएको छ ।

बहराइनस्थित नेपाली राजदूतावासले जारी गरेको प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएको हो । उक्त टोली आगामी मार्च १५ अर्थात् चैत्र २ गते नेपाल आउने भएका हुन् ।

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दाससँग आज दूतावासमा सो आरोहण दलका सदस्यहरुले भेट गर्दै उक्त जानकारी गराएका हुन् । सगरमाथा आरोहणका लागि आवश्यक तयारी भइरहेको दूतावासले जानकारी दिएको छ ।

सो टोलीले सन् २०२० को अक्टोबरमा मनास्लु हिमाल र लोबुचे हिमाल सफलतापूर्वक आरोहण सम्पन्न गरेको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter