• Wednesday, June 11, 2025

सुन्दरीजलमा झ-यो मेलम्चीको पानी, जनताको सपना पूरा : प्रम

मुकुन्द गैरे / काठमाडौं, फागुन २२ गते । मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजलमा आज आईपुगको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोको अवलोकन गर्नु भएको छ ।

अवलोकन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाली जनताको लामो समय देखिको सपना पूरा भएको बताउनुभयो ।मेलम्चीको पानी सुनदरीजल झारेर बागमतीमा बगाउन सफल भएको भन्दै उहाँले अबको केहि समयमै काठमाडौं उपत्यकाबासीको धारमा पानी पु¥याउने बताउनुभयो ।

आजको दिन धेरै खुशीको दिन भएको बताउँदै उहाँले डाँडा छिचुलेर सुरुङबाट पानी ल्याउन सफल भएको भन्दै सवैलाई धन्यवाद तथा वधाई समेत व्यक्त गर्नुभयो ।

पानी ल्याउने कुरा चल्दा मेरो कपाल कालो थियो अहिले पानी खस्दा कतै कपाल कालो नभएको भन्दै यो ठूलो सफलता भएको बताउनुभयो ।

मुख्य काम यसै सरकारको पालामा भएको बताउँदै प्रधानमन्त्री ओलीले मेलम्चीको यो कामले बर्तमान सरकारले गरेका काम प्रमाणित गरेको बताउनुभयो ।

विकासको काममा जनताको साथ चाहिएको बताउदै उहाँले साथ भए विकासको गतिलाई अगाडि बढाउन सकिने उहाँले बताउनुभयो । अब मेलम्चीको पानी ल्याउने सपना पूरा भएको बताउँदै अन्य विकासका कामको पनि सम्पन्न गरेर छाड्ने विश्वास व्यक्त गर्नुभयो ।

बगेको पानीलाई विजुली निकाल्ने, सिँचाई, वा खानेपानीको लागि सदुपयोग गरेर पानीको सदुपयोग गर्न आवश्यक भएको भन्दै सरकार यसै अनुसार कामलाई अगाडि बढाएको उहाँले बताउनुभयो ।

यो मेलम्चीको सफलता यूगान्तकारी नयाँ उचाईको सफलता प्राप्त भएको बताउनुभयो । कार्यक्रममा खानेपानी मन्त्री मणिचन्द्र थापाले विगत २२ बर्ष देखिको सपना पूरा भएको बताउनुभयो ।

आफू खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्दा प्रधानमन्त्रीले बिशेष गरि मेलम्चीको खानेपानीको बारेमा चासो देखाउनु भएको स्मरण गराउँदै प्रधानमन्त्री ओलीको चासोको कारण मेलम्चीको पानी यहाँ आउन सफल भएको बताउनुभयो । सुरुङको सफल परीक्षण भएको बताउँदै मन्त्री थापाले अबदेखि काठमाडौंबासीका लागि खानेपानीको सपना पूरा भएको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter