चार हजार ३९१ परीक्षणमा ८९ सङ्क्रमण पुष्टि, ४२ निकाे, एक मृत्यु

काठमाडौं, फागुन २४ गते । नेपालमा कोरोना भाइरसका ८९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार ३९१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ८९ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेकाे पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गाैतमले थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७४ हजार ८१० पुगेको जनाउनुभयाे ।

पछिल्लो चौबीस घण्टामा ४२ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७० हजार ९२७ जना सङ्क्रमित निको भएका हुन् । सङ्क्रमित निको हुने दर ९८.६ प्रतिशत पुगेको छ । हालसम्म २१ लाख ९७ हजार २३५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हाल ८७२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ भने ५५ जना क्वारेन्टिनमा छन् । केही दिनदेखि कसैको पनि मृत्यु नभए पनि पछिल्लाे २४ घण्टामा एकजनाकाे मृत्यु भएकाे छ । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार ११ जनाको मृत्यु भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter