पोखरा विमानस्थल निर्माणमा चिनियाँ कामदार थपिँदै, चार महिनामा सम्पन्न गरिने
स्मिता अधिकारी / पोखरा, फागुन २६ गते । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणको काम सम्पन्न गर्न चीनबाट थप कामदार आउने भएका छन्। यही मार्च महिना भित्र उनीहरू आउन लागेका छन् ।
विमानस्थल निर्माणका लागि अहिले सम्म ३२८ जना कामदारले काम गरिरहेका छन् । ती मध्य १७७ जना नेपाली र १५१जना चिनियाँ छन् ।विमानस्थल निर्माणको अंतिम चरणमा बिभिन्न उपकरण जडान गर्नुपर्ने भएकोले अनुभवी कामदारबाट नै यो काम गर्नु पर्ने कारण चिनियाँ कामदार थप्न लागिएको विमानस्थल परियोजना कार्यालयले जानकारी दिएको छ । विमानस्थल परियोजना प्रमुख विनिस मुनाकर्मीका अनुसार, विमानस्थल परियोजनाको अन्तिम चरणको कामका लागि चाहिने ट्रान्सर्फमर, ग्लाइड पार्ट्स, थप स्काभेटर, इन्धन पाइप, केवल पाइप लगायत का विभिन्न सामग्री हरु खरिद गरिसकेको छ । थप चिनियाँ कामदार आएपछि ती उपकरण जडान गरिनेछ ।
आउने जुलाई १० भित्र बिमानस्थल को सम्पूर्ण काम सक्ने तयारीका साथ पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल परियोजनाले काम गरिरहेको छ । अहिलेसम्म ७१ प्रतिशत काम पूरा भएको छ १
बाँकी काम भनेको उडान अवरोध हटाउन का लागि वरिपरि को डाँडा कटान, इन्धन स्टेसन निर्माण, नाला निर्माण, रंगरोगन, केवल लाइन बिछ्याउने, लगायत काम बाँकी रहेको विमानस्थल परियोजना प्रमुख मुनाकर्मीले जनउनुभयो ।