• Tuesday, April 29, 2025

कुखुरा पालनमा रमाउँदै उपमेयर, उद्यमशील राजनीतिज्ञ बन्दै

गोकर्ण दयाल / बैतडी, फागुन २८ गते । स्थानीय तहका अधिकांश जनप्रतिनिधिले उद्यमशी काम गरेको देखिदैन तर, बैतडीको दशरथ चन्द नगरपालिकाका उप प्रमखु मीना चन्दले कुखुरा पालन व्यवसायबाट लोभ लाग्दो कमाई गरिरहनु भएको छ ।

लामो समय शिक्षण पेशामा आबद्ध चन्दले २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट उप प्रमुख जित्नु भएको हो । श्रीमान किशोर चन्द पनि मीनाको हरेक कामलाई सहयोग गर्दै दुबै जना राजनीतिमा पनि सक्रिय रहनु भएको छ ।

“राजनीति विशुद्ध समाज सेवा हो भन्ने लागेर नै हामीले राजनीति र कुखुरा पालन व्यवसाय सँगसँगै अघि बढाएका हौं” उप प्रमुख चन्दले भन्नुभयो, “ घर गृहस्थी चलाउन उद्यमशील बन्नु पर्छ । राजनीतिक विचार र आस्थालाई सधैं चोखो बनाई राख्न मलाई कुखुरा पालनले सहयोग गरेको छ ।”

विहान १०ः बजे नगरपालिका पुगेर सेवाग्राहीका गुनासो सुन्ने, नगरको विकासका लागि के कस्तो नीति बनाएर अघि बढ्ने ? भन्ने विषयमा जनप्रतिनिधिसँग दिन बित्ने गरेको चन्दले बताउनुभयो । जनताको सेवा गरेर बचेको साँझ बिहानको समयमा कुकुराको हेरचाहमा बित्ने गरेको उहाँले बताउनुभयो ।

“कुखुराको खोरको तापक्रम, दानापानी के कस्तो छ ? भनेर नियमित हेर्नु पर्छ । म कार्यालयतिर गएको बेला श्रीमानले हेर्नु हुन्छ” चन्दले भन्नुभयो, “ दुई छोराहरु मध्ये एउटाले होटल रेष्टूरा र अर्कोले कुखुरा कटिङ सेन्टर खोलेर बजारमा मासु आपूर्ति गर्ने काम गरिरहेका छन् ।”

राजनीतिदेखि कुखुरा व्यवसायसम्म घर परिवारका सबै सदस्यको साथ सहयोगले मासिक ५० हजार भन्दा बढी आम्दानी हुने गरेको चन्दले बताउनुभयो । कुखुराको दाना पानी र औषधि खर्च कटाएर घर परिवार आनन्दले चलेको उहाँले बताउनुभयो । खोरमा अहिले पाँचसय कुखुराका चल्ला हुर्किरहेको उहाँले बताउनुभयो ।

रोजगारी खोज्न विदेश भौतारिने युवालाई उप प्रमुख चन्दले स्वदेशमै उद्यम गर्न सल्लाह दिनुभएको छ । “ कुखुरा पालन, बाख्रा पालन, मौरी पालन जे संभव छ युवाहरुले स्वदेशमै बसेर गर्नु पर्छ” चन्दले भन्नुभयो,“ उद्यम गर्न नगरपालिकाले के कस्तो सहयोग गर्नुपर्छ ? व्यवसायीक योजना लिएर आए हामी सहयोग गर्न तयार छौं । ”

स्थानीय तहको निर्वाचनमा उप प्रमुख पदमा जितेका महिलाले आफू सक्षम छु भन्ने कुरा गरेर देखाउन पनि आवश्यक भएकोले उद्यमशील काममा लागेको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter