• Monday, April 07, 2025

विद्युतीय बस खरिद प्रक्रिया सुरु

लक्ष्मण दर्नाल / काठमाडौँ, चैत १५ गते । विद्युतीय बस खरिद प्रक्रिया सुरु भएको छ । साझा यातायातले ४० वटा विद्युतीय बस खरिदका लागि विश्वव्यापी बोलपत्र गरेपछि प्रक्रिया सुरु भएको हो । साझाले शुक्रबार ४५ दिने बोलपत्र जारी गरी प्रक्रिया अघि बढाएको हो ।

नौ मिटर लम्बाइका २६ सिटे ४० वटा बस खरिदका लागि बोलपत्र आह्वान गरिएको साझा यातायात सञ्चालक समितिका सदस्य भूषण तुलाधरले जानकारी दिनुुभयो । उहाँका अनुसार ४५ दिनपछि प्रस्तावहरूको मूल्याङ्कन गरी छिट्टै सम्झौता गरिने छ । करिब छ÷सात महिना बस निर्माण गर्न लाग्ने छ । ढुवानीलगायतको समय राख्दा एक वर्षभित्र बस सञ्चालन गर्न सकिने साझा यातायातले जनाएको छ ।

२०७५ पुसमा तीन सयवटा विद्युुतीय बस सरकारी लगानीमा किन्ने निर्णय भएको थियो । साझाले स्पेसिफिकेसन बनाउँदै गर्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०७६ असोज १ गते बस खरिद प्रक्रिया रोकेको थियो । साझा यातायातको बैङ्क खातामा सरकारले पठाएको तीन अर्ब रुपियाँ फिर्ता लिने निर्णय भएको थियो तर २०७७ फागुनमा मन्त्रालयले साझालाई नै काम अघि बढाउन पत्राचार गरेको थियो ।

साझा यातायातले दुुई वर्षअघि जुन बिन्दुमा काम रोकिएको थियो, त्यहीँबाट सुचारु गरेको छ । पहिलो चारणमा ४० वटा बस ल्याउने तयारी छ । जुन बसहरू परीक्षणका लागि पनि सञ्चालन गरिने छ ।

इन्धनको बचत र वातावरणमैत्री भएकाले सरकारले विद्युतीय सवारी साधन प्रोत्साहनको नीति लिएको छ । तीन वर्षअघि सरकार आफैँले विद्युतीय बस खरिद गर्ने योजना बनाएको थियो । वार्षिक बजेटमै विद्युतीय बसलाई प्राथमिकता दिनुका साथै सन् २०२० सम्म विद्युतीय सवारी २० प्रतिशत पु¥याउने घोषणा गरिएको थियो ।

विद्युतीय सवारी साधन ध्वनि र धुवाँमुक्त हुन्छ । जसले गर्दा वातावरण र मानिसको स्वास्थ्यका लागि उपयुक्त हुन्छ । वातावरणमैत्री हुन्छ । इन्धन बचतका हिसाबले पनि यो पेट्रोल, डिजेलको उपयुक्त विकल्प हो । इन्धनबाट चल्ने गाडीले ३५ सय देखि चार हजार रुपियाँसम्मको इन्धन खर्च गर्दा विद्युतीय गाडीले सात सय रुपियाँको विद्युत खर्च गर्छ ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter