एक्सक्लुसिभ समाचार

सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चार मन्त्रीको आह्वान; उद्योग विभागमार्फत नौ अर्ब १३ करोड बराबर लगानी स्वीकृत

काठमाडौँ, वैशाख १७ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रमा लगानीका लागि नेपाल उपयुक्त मुलुक रहेको बताउनुभएको छ । काठमाडौँमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा ‘सूचना प्रविधि: लगानीको उत्कृष्ट क्षेत्र’ विषयक सत्रलाई सम्बोधन गर्दै उहाँले सूचना प्रविधि उद्योगमा लगानी गर्न नेपाली मात्र नभई विदेशी लगानीकर्ताका लागि पनि नेपाल उपयुक्त स्थल रहेको […]


राजनीतिक दलहरूको एकै स्वर : कानुनी झन्झट सुधार गर्दैछौँ, लगानी गर्न आउनुस्

काठमाडौँ, वैशाख १६ गते । आइतबार सुरु भएको तेस्रो लगानी सम्मेलनमा सम्बोधन गर्ने क्रममा राजनीतिक नेतृत्व एकजुट देखिएको छ । सबैजसो प्रमुख राजनीतिक दलका नेतृत्व सम्मेलनमा सहभागी थिए । सम्मेलनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने देखिएनन् । नेकपा एमालेबाट पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा सम्मेलनमा सम्बोधनका लागि पुगेका थिए । सम्मेलनको उद्घाटनसत्रमा प्रधानमन्त्री पुष्पकमल […]


दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौँ, वैशाख १४ गते । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड भुक्तानी गरेको छ । डिडिसीले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेसँगै १३ दिनमा रु ४८ करोड रकम भुक्तानी गरेको हो । संस्थानका निमित्त महाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले गर्मी याम प्रारम्भ भएसँगै दुग्धजन्य पदार्थ ९दूध, दही, मोही, पनिर, लसी, आइसक्रिम०को बिक्री बढेकाले किसानको रकम […]


कानुन व्यवस्था गरी सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय

काठमाडौँ, वैशाख १३ गते । सरकारले तत्काल आवश्यक कानुनी व्यवस्था गरी सहकारी समस्या समाधानको प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबारे जानकारी दिनुहुँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सहकारीको समस्याका बारेमा गम्भीर रूपमा छलफल भएको बताउनुभयो । साथै उहाँले यस सम्बन्धमा तत्काल कानुन व्यवस्था गरी सहकारी र […]


कतारका अमिरको भ्रमणबाट पर्यटन व्यवसायी उत्साहित

काठमाडौँ, वैशाख १२ गते । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको दुईदिने राजकीय भ्रमणले नेपालका पर्यटन व्यवसायी उत्साहित भएका छन् । अमिर अल थानीको भ्रमणबाट नेपालको पर्यटन क्षेत्रमा सकारात्मक ऊर्जा सञ्चार गरेको सरोकारवालाले बताएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा मङ्गलबार नेपालको दुईदिने राजकीय भ्रमणमा आउनुभएका अमिर अल थानी नेपालको भ्रमण […]


राष्ट्रपति पौडेल र कतारका अमिरबिच शिष्टाचार भेटवार्ता; जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह

काठमाडौं, वैशाख ११ गते । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल भ्रमणमा रहनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबिच शिष्टाचार भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार उहाँहरूबिच मंगलबार दिउँसो भएको भेटवार्तामा नेपाल र कतारबिच रहिआएको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल भएको छ । यसका साथै […]


मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए

मनाङ, वैशाख १० गते । हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको यात्रामा आउने विदेशी पर्यटक आगमन बढ्दो छ । विसं २०८० मा २१ हजार चार सय ९५ पर्यटक भित्रिएका अन्नपूर्ण क्षेत्र संरक्षण आयोजनाले जनाएको छ । वैशाखदेखि चैत मसान्तसम्ममा सो सङ्ख्यामा विदेशी पर्यटक […]


कतारका अमिर शेख नेपाल आउन लागेको औपचारिक घोषणा

काठमाडौँ, वैशाख ९ गते। कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीले नेपालको भ्रमण गर्ने तय भएको छ । कतार अमिर शेख नेपाल आउनेबारे परराष्ट्र मन्त्रालयले आधिकारिक घोषणा गरेको हो । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा अमिर शेख अप्रिल २३ गते नेपाल भ्रमणमा आउने भएका छन् । उनी अप्रिल २४ मा […]


मन्त्रिपरिषद् बैठक : गोविन्दबहादुर कार्की बागमती प्रदेशको प्रमुख सचिव

काठमाडौं, वैशाख ६ गते। सरकारले बागमती प्रदेशको प्रमुख सचिवमा पदमा सहसचिव गोविन्दबहादुर कार्कीलाई नियुक्त गरेको छ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव कार्कीलाई कायममुकायम प्रदेश प्रमुख सचिवको जिम्मेवारीमा खटाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो। मन्त्री शर्माले भन्नुभयो, ‘सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती […]


एसिसी प्रिमियर कप : समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

काठमाडौँ, वैशाख ५ गते। समूह ‘ए’को विजेता बन्दै नेपाल एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। समूह चरणको अन्तिम खेलमा बुधबार साउदी अरबलाई ६ विकेटले हराउँदै नेपाल चार खेलमा ८ अङ्क जोड्दै सेमिफाइनल प्रवेश गरेको हो। साउदीले दिएको ७४ रनको लक्ष्य नेपालले ४ बल बाँकी हुँदा ७५ रन बनाएर पूरा गरेको हो। वर्षाका […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter