
काठमाडौँ, वैशाख ३० गते । परराष्ट्रमन्त्री डा. आरजु देउवा राणाले सगरमाथा संवाद २०२५ को तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ । मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी संवाद व्यवस्थापन समितिका संयोजक समेत रहनुभएको मन्त्री राणाले सो कुराको जानकारी दिनुभयो । काठमाडौँमा आगामी जेठ २ देखि ४ गतेसम्म हुने सगरमाथा संवाद ६ वटा विषयमा केन्द्रित हुने […]

काठमाडौँ, वैशाख २९ गते । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रलाई चलायमान गर्दै निजी क्षेत्रका समस्या सम्बोधन गर्न सरकार निरन्तर सुधारका काममा लागिरहेको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सद्वारा आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व नीति तथा कार्यक्रम, आर्थिक विधेयक र बजेट तर्जुमाका लागि प्रस्तुत सुझाव ग्रहण गर्दै उहाँले अर्थतन्त्रमा निजी क्षेत्रको योगदानको […]

काठमाडौँ, वैशाख २८ गते। एक महिनामा १ खर्ब ४० अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्यांकअनुसार चैत महिनामा सो बराबरको रेमिट्यान्स आप्रवाह भएको हो । फागुन मसान्तसम्म १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ रहेको रेमिट्यान्स चैत मसान्तसम्म आइपुग्दा ११ खर्ब ९१ अर्ब ३१ करोड पुगेको हो । यो अवधिमा भित्रिएको […]

सन्तोष दहित / दाङ, वैशाख २७ गते । दाङका किसानहरु वाँस खेतीबाट मनग्य आम्दानी लिन सफल भएका छन् । पछिल्लो समय बाँसको अभाव भइरहेका बेला सौरीकुलाका किसानहरु बाँस खेतीबाट आम्दानी लिनुभएको हो । घोराही उपमहानगरपालिका –८ सौरीकुलाका डम्बर चौधरी पछिल्लो तीन महिनाको विचमा झण्डै एक लाख रुपियाँ बराबरको बाँस विक्री गरेको बताउनुभयो । उहाँले फागुन, […]

काठमाडौँ, वैशाख २६ गते । प्रतिनिधिसभा बैठकमा सांसदहरूले भारत–पाकिस्तान आक्रमणको विषयलाई प्राथमिकताका साथ उठाएका छन् । दुई देशबिच चलेको श्रृङ्खलाबद्ध आक्रमणले नेपाललाई पार्न सक्ने प्रभावको विषयमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका हुन् । भारतमा रहेका नेपाली नागरिकको सुरक्षा र सीमाहरूमा सुरक्षा व्यवस्था चुस्त राख्नुपर्ने उनीहरूको माग छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाले नेपाल […]

काठमाडौं, वैशाख २५ गते : नेपाल सरकारले भारत-पाकिस्तान तनावबारे आधिकारिक धारणा सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गरेर आतंकवादविरुद्ध नेपाल सरकारको दृढ अडान रहेको उल्लेख गरेको छ। ‘नेपालले सबै प्रकारका आतंकवादविरुद्ध दृढ अडानस्वरुप बर्बर आतंकवादी आक्रमणको तत्काल र स्पष्टरूपमा निन्दा गर्दै आएको छ। आतंकवादविरुद्धको लडाईँमा नेपाल सबैको साथमा उभिएको छ,’ विज्ञप्तिमा भनिएको […]

काठमाडौँ, वैशाख २४ गते। गोरखापत्र दैनिक १२५ औँ वर्ष प्रवेश र गोरखापत्र संस्थानको ६३ औँ वार्षिकोत्सव समारोहको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ। बुधबार राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रमको प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुभएको हो।उद्घाटन समारोहमा विशिष्ट अतिथिका रूपमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालको उपस्थिति रहेको […]

काठमाडौँ, वैशाख २३ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवम् पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । केही वर्षदेखि पार्किन्सन रोगबाट पीडित उहाँको मङ्गलबार उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वमा गठित पहिलो वामपन्थी सरकारमा उहाँ सूचना तथा सञ्चारमन्त्री […]

काठमाडौं, वैशाख २२ गते । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको भूमि चीनको बिरुद्धमा प्रयोग हुन नदिने बताउनु भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार नेपाल–चीन कुटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा जिपी कोइराला फाउण्डेसनद्वारा काठमाडौँमा आयोजित तस्बिर प्रदर्शनीको उद्घाटन कार्यक्रममा मन्तव्य राख्नुहुँदै यस्तो विचार व्यक्त गर्नुभएको हो […]

काठमाडौँ, वैशाख २१ गते । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संक्रमणकालीन न्याय (टीआरसी)सम्बन्धी विषय सकारात्मक ढंगले अघि बढिरहेको बताएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार साँझ भेटवार्ता भएपछि माओवादी उपमहासचिव वर्षमान पुनले टीआरसी सकारात्मक ढंगले अघि बढिरहेको बताए। ‘टीआरसी सकारात्मक ढंगले अघि बढिरहेको पायौं। प्रधानमन्त्री केपी शर्मा ओलीज्युले […]