काठमाडौँ, मङ्सिर ०१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तन मानवताका लागि गम्भीर खतरा बनिरहेको बताएका छन् । ग्लोबल साउथ समिटमा सम्बोधन गर्दै उनले नेपालजस्ता जलवायु जोखिममा रहेका मुलुकले जलवायु परिवर्तनको भार बहन गरिरहेको बताए । उनले भनेका छन्, ‘हिमालयमा जलवायु परिवर्तनको प्रभावले हाम्रो क्षेत्रमा बसोबास गर्ने लाखौँ मानिसहरूको जीवन र जीविकोपार्जनमा गम्भीर खतरा […]
काठमाडौँ, मङ्सिर ०१ गते ।। टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध परेका रिट निवेदनहरूमाथि मङ्सिर ४ गते प्रारम्भिक सुनुवाइ हुने भएको छ । शुक्रवार पेस भएका रिट निवेदनहरू दर्ता गर्दै सर्वोच्च अदालतले मङ्सिर ४ गतेका लागि पहिलो पेशी तोकेको हो । सरकारको सो निर्णयविरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता भएको छ । मङ्सिर ४ गते सो […]
काठमाडौं, कात्तिक ३० गते । अधिकांश वाणिज्य बैंकले मंसिर महिनाका लागि ब्याजदर घटाएका छन् । बैंकहरुले कात्तिकको तुलनामा मंसिरमा व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर औसतमा ०.३३१६ प्रतिशत र संस्थागत मुद्दतीमा औसतमा ०.३०६६ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् । व्यक्तिगततर्फ २० वटा वाणिज्य बैंकमध्ये १३ वटाले ब्याजदर घटाउँदा एउटा बैंकले बढाएको छ भने ६ वटा बैंकले ब्याजदर […]
काठमाडौं, कात्तिक ३० गते । छठ पर्व आउन चार दिन बाँकी रहँदा डोम समुदायमा उल्लास छाएको छ । अहिले उनीहरु डालो, नाङ्लो र टालु टपरी बनाउन व्यस्त छन् । मनरासिस्वा नगरपालिकाका ५० वर्षीय बिजु डोमले भने, ‘जीवनका हरेक दुःख विर्सेर मिठो मसिनो खाने र राम्रो लगाउने पर्व छठ हो ।’ छठ पर्वमा विभिन्न परिकार पकाएर […]
काठमाडौं, कात्तिक २९ गते । शो संख्या र सेयर बाँडफाँडमा आपत्ति जनाउँदै फिल्म ‘दिमाग खराब’ का निर्माताले प्रदर्शन रोक्ने घोषणा गरेका छन् । निर्माता रौनकविक्रम कँडेल र निर्देशक निश्चल बस्नेतले विज्ञप्ति जारी गर्दै भनेका छन्- हामीले चाहेको समान व्यवहार हो र जबसम्म विदेशी चलचित्र र नेपाली चलचित्रलाई बराबरी शो प्रदान गरिँदैन तथा फिल्म प्रदर्शन भैरहञ्जेल […]
काठमाडौं, कात्तिक २९ गते । मिटरब्याजमा संलग्न साहुहरुलाई कानुनी कारबाहीको दायरामा ल्याएपछि कयौँ ऋणीले राहत महसुस गरेका छन् । तर, मिटरब्याजविरुद्धको कारबाहीले ऋण नपाउँदा ग्रामीण क्षेत्रका कतिपय न्युन आयस्तर भएकाहरु समस्यामा समेत परेका छन् । जसका कारण चाडपर्व, विवाह, ब्रतबन्ध, औषधि उपचार, पढाइ लेखाइका अतिरिक्त वैदेशिक रोजगारीमा जान समस्या भएको नवलपरासीका गोपाल यादव बताउँछन् । […]
काठमाडौं, कात्तिक २८ गते । चान्द्रमास अनुसार प्रचलनमा रहेको मौलिक नेपाल संवत्को नयाँ वर्ष ११४४ आज विभिन्न कार्यक्रम गरी देशभर मनाइएको छ । राजधानीमा बिहान सूर्योदयसँगै नयाँ वर्षलाई भव्य स्वागत गरिएको थियो । नयाँ वर्षको खुसीयालीमा आज काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा शुभकामना र्याली निकालिएको थियो । काठमाडौँ, ललितपुर, भक्तपुर, कीर्तिपुर, गोकर्णेश्वर, टोखा, साँखु, बनेपा, धुलिखेल, […]
काठमाडौं, कात्तिक २८ गते । मुलुकभरमा खेतीयोग्य जमिनको कुल क्षेत्रफलमध्ये १० लाख हेक्टरभन्दा बढी खेत बाँझो छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कुल खेतीयोग्य जमिनमध्ये १० लाख ३० हजार हेक्टर जमिन बाँझो छ । पहाडी क्षेत्रबाट बसाइसरेर तराई झर्नु, खेतीका लागि उत्पादन लागत बढ्नु, काम गर्ने जनशक्ति नहुनु लगायत कारणले १० लाख ३० […]
काठमाडौं, कात्तिक २७ गते । काठमाडौँ उपत्यकामा तिहारमा हुनसक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरीले ड्रोनबाट सुरक्षा निगरानी गर्न थालेको छ । अत्यधिक भिडभाड हुने ठाउँमा ड्रोनबाट गतिविधि निगरानी गर्न थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले रातोपाटीलाई बताए । उनले भने,‘न्यूरोड र ठमेल जस्ता अत्यधिक आवतजावत हुने ठाउँमा ड्रोनबाट सुरक्षा निगरानी गरिरहेका छौँ ।’ […]
काठमाडौं, कात्तिक २७ गते । नेपाल उद्योग वाणिज्य महासंघको स्टार्टअप एन्ड इन्नोभेसन प्रतिनिधि मण्डलले उद्योग मन्त्रीलाई स्टार्टअप नेसन २०३० लाई सफल पार्न कार्ययोजन पेश गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र सचिव मुकुन्दप्रसाद निरौलालाई भेटेर महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठको नेतृत्वमा गएको महासंघ स्टार्टअप एण्ड इन्नोभेसन प्रतिनिधि मण्डलले स्टार्टअप नेसन-२०३० लाई सफल […]