समाचार

‘बिपीको सन्तुलित परराष्ट्र नीति आज पनि उत्तिकै उपयोगी’

भीष्मराज ओझा / काठमाडौँ, भदौ २५ गते । नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको अन्तर्राष्ट्रिय राजनीतिमा उच्च स्थान र कूटनीतिक क्षेत्रमा सन्तुलित योगदान रहेको विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले बताउनुभएको छ । कांग्रेसले बिपीको ११०औँ जन्मदिनको अवसरमा आइतबारदेखि सानेपामा आयोजना गरेको ‘बिपी साहित्य सम्मेलन–२०८०’ को दोस्रो दिन ‘अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बिपी’ […]


देशबाहिर रहेका लाखौँ युवाको भविष्य खोज्दैछु : प्रधानमन्त्री

विराटनगर, भदौ २५ गते । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका लाखौँ युवाहरूको भविष्य खोज्न आफू गम्भीरतापूर्वक लागिरहेको बताउनुभएको छ । सोमबार विराटनगरमा समाजवादी मोर्चा नेपालको प्रदेशस्तरीय सन्देश सभा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । सन्देश सभामा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यो सभामा मोर्चाका […]


ललिता निवास प्रकरण : भाटभटेनीका सञ्चालकसहित १७ जनालाई धरौटीमा छाड्न आदेश

काठमाडौं, भदौ २४ गते । जिल्ला अदालत काठमाडौँले ललिता निवासको सरकारी जग्गा किर्ते प्रकरणमा पक्राउ परेका भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनलाई धरौटीमा छाड्न आदेश दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो । अदालतका स्रेस्तादार कौशलेश्वर ज्ञवालीका अनुसार केशव तुलाधरलाई साधारण तारिखमा र अरू […]


शरद आरोहणको तयारी सुरु

मीनराज भण्डारी / काठमाडौँ, भदौ २३ गते । यस वर्षको शरद ऋतु (असोज-कात्तिक) मा हिमाल आरोहणका लागि २८४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार अनुमति लिएकामध्ये ४४ मुलुकका ६० जना महिला र २२४ जना पुरुष छन् । यस वर्ष सबैभन्दा धेरै २३ समूहले आठ हजार १६३ मिटर उचाइको मनासलु आरोहणका लागि अनुमति लिएका […]


माओवादी पार्टीलाई जनताको पार्टीको रूपमा स्थापित गर्छौँ : प्रधानमन्त्री प्रचण्ड

गोरखा, भदौ २३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्रलाई पुनः जनताको पार्टीको रूपमा स्थापित गर्ने बताउनुभएको छ । सहिद सुरेश वाग्लेको स्मृति कार्यक्रममा सहभागी हुन गोर्खा आउनुभएका प्रधानमन्त्रीले भच्चेकमा योङ्ग कम्युनिस्ट लीग नेपाल अजिरकोट गाउँपालिका दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै आज सो कुरा बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, “अहिले हामी पार्टी पुनर्निर्माण गर्ने […]


निजी विद्यालयले शिक्षामा गरेको लगानीको कदर भएन’

साबित्री गिरी / कोहलपुर, भदौ २३ गते । निजी विद्यालयले गुणस्तरीय शिक्षाका लागि पर्याप्तता लगानी गरेको तर राज्यले सोअनुसार कदर नगरेको वक्ताहरूले बताएका छन् । विद्यालयको अवस्था सुधार, गुणस्तर वृद्धि तथा शिक्षकको क्षमता विकासलगायतका सवालमा निजी विद्यालय अब्बल हुँदा समेत कदर नगरेको उहाँहरूको गुनासो छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल बाँके समितिको […]


सञ्चार क्षेत्रको पुनर्संरचनाका लागि कानुन निर्माणमा जोड : मन्त्री शर्मा

काठमाडौं, भदौ २२ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार क्षेत्रको पुनर्संरचनाका लागि कानुन र नीति निर्माणमा जोड दिएको बताउनुभएको छ । जनपत्रकार संगठनका केन्द्रीय पदाधिकारीहरुसँगको भेटमा उहाँले नीतिगत परिवर्तनविना परिवर्तनको अनुभूति नहुने भएकाले आफू पुराना कानुनको परिमार्जन र आवश्यक कानुन निर्माणको गृहकार्यमा रहेको बताउनुभयो । सञ्चार, सूचना प्रविधि, चलचित्र सबै क्षेत्रमा पुराना […]


साक्षरता दिवसमा विद्यार्थीलाई सम्मान

गोकर्ण पौडेल / तुलसीपुर, भदौ २२ गते । ५७ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा तुलसीपुर उपमहानगरपालिका सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ । सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतको अध्यक्षता एवम तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । पालिकाले सामुदायिक विद्यालयतर्फ गुरुजजुर माध्यमिक विद्यालयका सुनिल न्यौपाने, बालमितेरीका बासुदेव […]


लुम्बिनी विकास कोषमा आर्थिक पारदर्शिता छैन : उपाध्यक्ष डा. लामा

लक्ष्मण पौडेल / भैरहवा, भदौ २१ गते । लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले कोषभित्र आर्थिक पारदर्शिता नभएको बताउनुभएको छ । बिहीबार लुम्बिनीमा रुपन्देही, कपिलवस्तु र नवलपरासीका पत्रकारसँगको अन्तरक्रियामा उपाध्यक्ष लामाले कोषभित्र आर्थिक पारदर्शिता नभएको विषय स्वदेशमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत सन्देश पुगेको बताउनुभयो । आफू कमाउनका लागि लुम्बिनी नआएको र लुम्बिनीको विकासमा योगदान गर्न […]


काठमाडौँबाट साउदी अरेबियाको दमाममा निगमको नियमित उडान

काठमाडौं, भदौ २१ गते । नेपाल वायुसेवा निगमले काठमाडौँबाट साउदी अरेबियाको दमाममा नियमित उडान सुरु गरेको छ । निगमले बुधबारदेखि साउदी अरेबियाको दमाममा नियमित उडान सुरु गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो । काठमाडौँ–दमाम–काठमाडौँ सेक्टरमा निगमले हप्ताको दुई दिन बुधबार र शनिबार उडान गर्ने प्रवक्ता पौडेलले बताउनुभयो । उहाँका अनुसार रातिको १०ः४० मा उडान […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter