समाचार

राहुल महरालाई थुनामा पठाउन आदेश

काठमाडौँ , असोज २६ गते । भेपमा सुन तस्करी प्रकरणमा राहुल महरालाई थुनामा पठाउन अदालतले आदेश दिएको छ। शुक्रबार काठमाडौँ जिल्ला अदालतले महरालाई थुनामा पठाउन आदेश दिएको हो । काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराका छोरा राहुल भन्ने रेशम महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो […]


यात्रुवाहक सवारीमा आजदेखि रुट परमिट खुला

काठमाडौँ , असोज २६ गते । सरकारले नेपालीहरुको महान् पर्व बडा दसैँमा यात्रुलाई आवतजावतका लागि सहज होस् भन्ने उद्देश्यले आजदेखि सार्वजनिक सवारीलाई रुट परमिट खुला गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा गत असोज २३ गते बसेको यातायात व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार आजदेखि सार्वजनिक सवारीलाई रुट परमिट खुला गरेको हो । रुट […]


सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको थालनी गरेको छ : स्वास्थ्यमन्त्री बस्नेत

भक्तपुर, असोज २५ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारले शिक्षा र स्वास्थ्यको क्षेत्रमा व्यापक सुधारको थालनी गरेको बताएका छन् । मध्यपुरथिमि नगरपालिका बोडेमा २००५ सालमा स्थापना भएको बोडे माध्यमिक विद्यालयको ७५औँ वार्षिकोत्सव एवं हिरक जयन्तीमा आज आयोजित समारोह उद्घाटनमा मन्त्री बस्नेतले स्वास्थ्य र शिक्षा क्षेत्रमा सरकारले सुधारका काम सुरु गरिसकेको बताएका हुन् । […]


नेपाल–श्रीलङ्काको विदेशमन्त्रीस्तरीय बैठक आगामी पुसमा

काठमाडौं, असोज २५ गते । नेपाल–श्रीलङ्काको विदेशमन्त्रीस्तरीय संयुक्त बैठक काठमाडौँमा हुने भएको छ । आगामी डिसेम्बर २१ र २२ अर्थात् पुस ५ र ६ गतेका लागि बैठक तय भएको छ । यद्यपि यो बैठक गत वर्षको वैशाखमा श्रीलङ्काले आयोजना गर्नुपर्ने थियो । श्रीलङ्का सरकारको आसयको आधारमा नेपालले काठमाडौँमा बैठक आयोजना गर्न लागेको हो । बैठकमा […]


५० करोड रूपैयाँभन्दा धेरै सेयर पुँजी हुने सहकारीको नियमन राष्ट्र बैंकबाट

काठमाडौं, असोज २४ गते । सहकारी विभागको अनुरोधमा ५० करोड रूपैयाँभन्दा धेरै सेयर पुँजी भएको र सोही रकम बराबरको कारोबार गर्ने सहकारीहरूको नियमन अब राष्ट्र बैंकले समेत गर्ने भएको छ। संसदमा दर्ता भएको विधेयकमा भने २५ करोड रूपैयाँभन्दा बढीको सेयर पुँजी वा ५० करोड रूपैयाँभन्दा बढीको काराबोर गर्ने सहकारीहरूको नियमन राष्ट्र बैंकले समेत गर्ने उल्लेख […]


सांसदहरुले भने–बेरुजु नियन्त्रण गर्न कर्मचारी संयन्त्र जिम्मेवार बन्नुपर्छ

काठमाडौं, असोज २४ गते । मुलुकको बेरुजु नियन्त्रण गर्न कर्मचारी संयन्त्र नै जिम्मेवार बन्न आवश्यक रहेको सांसदहरुले बताएका छन् । सार्वजनिक लेखा समितिको बुधबार बसेको बैठकमा समितिमा बोल्दै अधिकांश सांसदहरुले प्रधानमन्त्री वा मन्त्रीभन्दा पनि मुलुकको स्थायी सरकारका रुपमा रहेका कर्मचारीहरुले बेरुजु नियन्त्रण गर्ने पहिलो जिम्मेवार बन्न आवश्यक रहेको बताएका हुन् । उनीहरुले सरकारी खर्च व्यवस्थापन […]


स्थानीय तहका कर्मचारीलाई वार्तामा आउन आह्वान

काठमाडौं, असोज २३ गते । सरकारले स्थानीय तहका कर्मचारीलाई वार्ता आउन आह्वान गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी आन्दोलनरत कर्मचारीका मागको छलफलबाटै सम्बोधन हुने भएकाले वार्तामा आउन आह्वान गरेको हो । कर्मचारी केन्द्रीय सङ्घर्ष समिति र स्थानीय तह कर्मचारी संयुक्त माग कार्यान्वयन परिचालन समितिले हरेक दिन काठमाडौँको […]


संसद्को वर्षे अधिवेशन अन्त्यको तयारी

काठमाडौं, असोज २३ गते । सरकारले संघीय संसद्को वर्षे अधिवेशन अन्त्यको तयारी गरेको छ । गत वैशाख २४ गतेदेखि सुरु भएको वर्षे अधिवेशन निर्वाचनपछि बनेको प्रतिनिधि सभाको दोस्रो अधिवेशन हो । यही असोज २७ गते आसपासको मितिमा अधिवेशन अन्त्यको तयारी गरिएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले जानकारी दिए । सरकारले असोज २७ […]


चाडपर्वलाई लक्षित गरी काठमाडौँ उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष

काठमाडौं, असोज २२ गते । काठमाडौँ उपत्यकाको १३ स्थानमा यात्रु सहायता कक्षको स्थापना गरेको छ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी यातायात व्यवस्था विभागको समन्वयमा यातायात व्यवसायी र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार काठमाडौँ उपत्यकाको १३ स्थानमा यात्रु सहायता कक्षको स्थापना गरेका हुन् । यात्रुको सहज आवतजावत, सवारी चाप व्यवस्थापन तथा चाडपर्वलाई […]


वस्तु तथा सेवाको गुणस्तर र बजार मूल्यको नियमित अनुगमन गर्न संसदीय समितिको निर्देशन

काठमाडौं, असोज २२ गते । संसदीय समितिले गैरकानूनी तरीकाले खुला सीमामार्फत भित्रिने चिनी लगायतका अन्य सम्पूर्ण वस्तुलाई नियन्त्रण गर्न सम्बन्धित निकायहरुसँग आवश्यक समन्वय गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकले सबै वस्तुको मूल्य सूचि पसलमा अनिवार्यरुपमा टाँस गर्ने व्यवस्था मिलाउन, उपभोक्तालाई अनिवार्यरुपमा बिल विजक दिने व्यवस्था गर्न सरकारलाई निर्देशन […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter