रजनी योगी / सुर्खेत, साउन १७ गते । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – १० का युवा हेमराज रेग्मी पाँच वर्ष मलेसिया बसेर फर्किनुभयो । त्यहाँ उहाँको आम्दानी राम्रै थियो । मासिक एक लाखभन्दा बढी कमाउनुहुन्थ्यो । तर उहाँ परदेशमा रमाउन सक्नुभएन । स्वदेश फर्किनुभयो । उहाँ स्वदेश फर्किएको करिब दुई वर्ष भयो । २०७३ मा मलेसिया […]
काठमाडौँ, साउन १६ गते । निजी मार्ट, रेस्टुरेन्ट, सपिङ कम्प्लेक्स, अस्पताललगायत व्यावसायिक भवनले पार्किङ शुल्क लिएमा खबर गर्न काठमाडौँ महानगरपालिकाले सेवाग्राहीलाई आग्रह गरेको छ । महानगरपालिकाले त्यसका लागि सम्पर्क अधिकारीसमेत तोकेको छ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले निजी व्यावसायिक भवनमा पार्किङ शुल्क नतिर्न सेवाग्राहीलाई आग्रह गर्दै त्यस्ता भवन सञ्चालकले पार्किङ शुल्क लिएमा […]
नगेन्द्र सापकोटा / काठमाडौँ, साउन १६ गते । सहरी क्षेत्रमा फोहोर व्यवस्थापन प्रमुख चुनौती बन्दै गएपछि सहरी क्षेत्रका फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि कानुन निर्माण गरिने भएको छ। उत्पादन हुने क्षेत्रमा वर्गीकरण नगरे फोहोर गर्नेले नै शुल्क तिर्नुपर्ने गरी फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीति तयार गरिएको छ। उक्त राष्ट्रिय नीतिका आधारमा कानुन निर्माण गरी सबै स्थानीय तहले […]
काठमाडौं, साउन १४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचार र तस्करीविरुद्धको अभियान नरोकिने बताउनुभएको छ । आइतबार समाजवादी मोर्चामा आबद्ध पार्टी निकटका विद्यार्थी सङ्गठनहरूले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार र तस्करीकाविरुद्ध जेहाद छेड्ने क्रम नरोकिने बताउनुभएको हो । उहाँले सरकारले भ्रष्टाचार, तस्करी, राज्यको सम्पत्ति दोहन, शोषण र बेथितिहरूका विरुद्धमा जेहाद […]
काठमाडौं, साउन १४ गते। वर्षको जारी मनसुनमा देशभर सरदरमा औसतभन्दा कम वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाका अनुसार हालसम्म देशभर ८५ दशमलव चार प्रतिशत वर्षा भएको छ। शाखाका मौसमविद् सुदर्शन हुमागाईँका अनुसार गत जेठ १८ देखि यही साउन १४ गतेसम्म छ सय ४३ मिलिमिटर वर्षा भएको छ। उहाँले अघिल्लो वर्षको […]
लक्ष्मी सापकोटा / काठमाडौँ, साउन १३ गते । गत आर्थिक वर्षमा खाना पकाउने एलपी ग्यासको खपत घटेसँगै आयातमा कमी आएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा आव २०७९/८० मा सात अर्ब रुपियाँ बराबरको ग्यास आयातमा कमी आएको हो । आव २०७९/८० मा ५८ अर्ब १५ करोड ४१ लाख १४ हजार रुपियाँको पाँच […]
काठमाडौँ, साउन १३ गते । सङ्घीय व्यवस्थाले सेवाप्रदायक संस्था गाउँ गाउँमा पु-याए पनि सेवाग्राही भने सहर केन्द्रित भएका छन्। सरकारले साधन, स्रोत र जनशक्ति नागरिकको घरदैलोमा पु-याउने उद्देश्यले सङ्घीय व्यवस्था कार्यान्वयनमा ल्याए पनि सेवा लिने सेवाग्राही भने सहर केन्द्रित हुँदै गएका छन्। राष्ट्रिय जनगणना २०७८ अनुसार गाउँमा भन्दा सहरमा बस्ने जनसङ्ख्या करिब तेब्बर छ। कुल […]
काठमाडौं, साउन १२ गते । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ । शुक्रबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणीकरण गर्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि […]
काठमाडौं, साउन १२ गते । सर्वोच्च अदालतले कान्ति बाल अस्पतालले एक बालकलाई गलत खोप लगाएर चिकित्सकीय लापरबाही गरेको मुद्दामा ३० लाख रुपियाँ क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले २०७९ साल माघ २५ गते गरेको फैसलाको आज (शुक्रबार) सार्वजनिक पूर्णपाठमा उक्त क्षतिपूर्ति हुने ठहर गरिएको हो । आदेशमा […]
काठमाडौँ, साउन ११ गते । चक्रपथ बिस्तारअन्तर्गत दोस्रो चरणमा निर्माण हुने भनिएको कलङ्की–बसुन्धारा सडकखण्ड पहिलेको तुलनामा फरक डिजाइनमा निर्माण हुने भएको छ । चक्रपथ बिस्तारको पहिलो चरणमा निर्माण भएको कोटेश्वर–कलङ्की खण्डमा भएको लेन, पानी जाने व्यवस्था मिलाउने ड्रेन, डिभाइडर, अण्डरपास र ओभरपासको सङ्ख्यालगायत फरक किसिमको हुने सडक विभागको भनाइ छ । सडक विभाग, विकास सहायता […]