समाचार

बूढीगंगामा व्याववसायिक जलयात्रा सञ्चालन; उत्तरगङ्गा सरकारले बनाउने

अछाम, वैशाख २ गते । अछामको बूढीगंगा नदीमा औपचारिक रुपमा जलयात्र शुरु गरिएको छ । मष्टो आउटडोर कम्पनी काठमाडौँले साँफेदेखि धार्मिक पर्यटकीयस्थल चित्रेको जिमराडीसम्म बूढीगंगा नदीमा जलयात्रा शुरु गरेको हो । उक्त कम्पनीकै आयोजनामा एक वर्षअघि बूढीगंगा नदीको साँफेदेखि चित्रेसम्म परीक्षणको रुपमा जलयात्राको सम्भाव्यता अध्ययन सफल भएकाकाले नयाँ वर्षको अवसर पारी विधिवत् रुपमा जलयात्रा शुरु […]


विकास र समृद्धिको यात्रा कर्णालीबाट शुरु भएको घोषणा

सुर्खेत, वैशाख २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेश आर्थिक र मानव विकास सूचकांकमा पछाडि परेकाले विकास र समृद्धिको यात्रा पनि कर्णालीबाटै शुरु भएको घोषणा गर्नुभएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले वीरेन्द्रनगरमा आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले कर्णालीलाई समृद्धिको यात्रामा डो¥याउन संघीय सरकार र प्रदेश सरकारले योजना बनाइरहेको बताउँदै भन्नुभयो, “अब कर्णाली […]


पोखरामा आन्तरिक पर्यटकको लर्को

पोखरा, वैशाख १ गते । ‘माछापुच्छ«े फेवातालमा पौडी खेल्दोरेछ पोखरा त साँचिको नै पोखरा पो रैछ’(प्रेमप्रकाश मल्ल) नयाँ वर्ष २०७५ का अवसरमा यतिखेर पर्यटकीय नगरी पोखरा पर्यटकले भरिभराउ भएको छ । माछापुच्छ«े, अन्नपूर्णजस्ता हिमाली दृश्यावलोकनसहितका लागि प्रत्येक नयाँ वर्षका अवसरमा देशका विभिन्न भूभागबाट पर्यटक आउने भएकाले होटल खचाखच भरिने गरेको छ । नयाँ वर्षको आगमनपूर्व […]


बाजा संरक्षणमा शाक्य समुदाय

संखुवासभा, वैशाख १ गते । नेवारी समुदायको परम्परागत भजन र बाजागाजाको संरक्षणमा खाँदबारीको शाक्य समाज जुटेको छ । उनीहरु जन्मेदेखि मृत्युसम्मको संस्कारका भजन सिक्न थालेका छन् । समाजले नयाँ पुस्ताका युवालाई भेला पारेर सिकाउन थालेको छ । धर्म, संस्कृति, र बाजा जोगाउनका लागि आफूहरु लागेको समाजका अध्यक्ष किरण शाक्यले बताउनुभयो । “भजन र बाजा नजोगाएसम्म […]


भिसा त्यागेर च्याउ खेतीमा युवा

मानबहादुर साँउद / अमरगढी, चैत ३० गते । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं. १ असिग्रामका दुई युवाले खाडी मुलुकको भिसा त्यागेर च्याउ खेती सुरु गरेका छन् । पाँच लाख रुपियाँको लगानीमा भूमिराज असिग्राम कृषि फर्म दर्ता गरी उनीहरू व्यावसायिक च्याउ खेतमा जुटेका हुन् । मलेसिया जाने मनसाय बनाएका स्थानीय युवा विष्णु भट्टले पनि काठमाडौँमा च्याउ […]


सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गर्न गृहको निर्देशन

काठमाडौँ, चैत ३० गते । गृह मन्त्रालयले सुरक्षाबाहेक अन्य प्रयोजनमा खटाइएका सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको छ । सुरक्षाकर्मीलाई घरमा कामदारका रुपमा राख्ने, सुरक्षा खतरा नभएकाहरुले पनि पहुँचको भरमा सुरक्षाकर्मीलाई व्यक्तिगत गार्ड (पिएसओ)का रुपमा राख्नेलगायतका गुनासो आएपछि गृह मन्त्रालयले आज नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई त्यस्ता […]


आलु महोत्सवमा ८० लाखको कारोवार

पोखरा, चैत २९ गते । कास्कीको हेम्जामा जारी नवौँ राष्ट्रिय हेम्जा आलु महोत्सवको बुधबार सातौँ दिनसम्म करिब रु ८० लाख बराबरको आलुको कारोवार भएको छ । महोत्सवको ५२ हजार दर्शकले अवलोकन गरेका छन् । महोत्सव मूल आयोजक समितिका संयोजक सुविन श्रेष्ठका अनुसार महोत्सवमा विभिन्न आलुका परिकारको स्वाद लिनुका साथै सांस्कृतिक कार्यक्रमको आनन्द लिन सकन्छि । […]


प्राविधिक स्थानीय तहमा रमाउँदा विषादीको प्रयोग बढ्दो

सन्तोष सुवेदी / सिरहा, चैत २९ गते । जिल्ला कृषि विकास कार्यालयबाट स्थानीय तहमा खटिएका कृषिका कर्मचारी स्थानीय तहमै रमाउँदा सिरहाका सर्वसाधारण विषादीयुक्त तरकारी सेवन गर्न बाध्य हुनुपरेको छ । जिल्ला कृषि विकास कार्यालय, सिरहाले आफू अन्तर्गत रहेका सम्पूर्ण कर्मचारी जिल्लाका १७ वटा स्थानीय तहमा पठाइसकेको छ । उनीहरूमा कृषकको घरदैलोमा पुगेर कृषि सम्बन्धी ज्ञान […]


आठ देशका चिया व्यापारी इलाममा

इलाम, चैत २८ गते । चियाको गुणस्तर जाँचसहित चिया खरिद गर्न विदेशी व्यापारी इलाम आउन थालेका छन् । खरिदका लागि चियाको स्वाद परीक्षण गर्न हाल विभिन्न आठ देशका चिया व्यापारी यहाँ आएका हुन् । चिया उत्पादनको याम शुरु भएसँगै नेपालको चिया खरिद गर्न विदेशी व्यापारी आउन थालेका छन् । गुणस्तरीय चिया छनोट गरी खरिदका लागि […]


नेपाल आवास पुर्ननिर्माण परियोजना गोरखामा सुरु

गोरखा, चैत २८ गते । सम्झौता गरेको तीन वर्षपछि भारत सरकारको सहयोगमा बन्ने नेपाल आवास पुर्ननिर्माण परियोजना गोरखामा सुरु भएको छ । विसं २०७२ वैशाखको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त आवास पुर्ननिर्माणका लागि दुई नगरपालिका र छ गाउँपालिकाका २६ हजार घरपरिवारका घर बनाउन संयुक्त राष्ट्र संघीय विकास नियोग (युएनडिपी)ले सामाजिक तथा प्राविधिक सहजीकरण गर्नेछ । परियोजना सम्झौता […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter