समाचार

सिँचाइ अभावमा तोरी उत्पादनमा कमी

दाङ, मङ्सिर २४ गते । पर्याप्त जग्गा हँुदा पनि सिँचाइ सुविधा नहँुदा तोरी उत्पादनमा कमी आउने गरेको छ । बर्सेनि तोरीखेतीका लागि आकाशे पानीको भर पर्नु पर्छ । स्थानीयवासीले प्रशस्त खेतीयोग्य जमिन हँुदाहँुदै पनि तोरी उत्पादन नहुँदा बजारबाट तेल किनेर खान बाध्य भएको बताएका छन् । दाङ तोरीखेतीका लागि प्रख्यात जिल्ला भए पनि हाल भने […]


६८ स्थानको नतिजा सार्वजनिक, कसले कहाँ-कहाँ जिते ? ; समानुपातिकको मतगणना सुरु, यस्तो छ प्रारम्भिक नतिजा

काठमाडौँ, मंसिर २३ गते । वाम गठबन्धनले हालसम्म प्रतिनिधिसभामा २६ र प्रदेशसभामा ३२ स्थानमा विजय भएको छ । बिहान ८:00 बजेसम्म प्राप्त विवरण अनुसार लोकतान्त्रिक गठबन्धन प्रतिनिधिसभामा ३ र प्रदेशसभामा ३ स्थानमा विजय भएको छ । त्यस्तै नेपाली कांग्रेसले २१ स्थानमा अग्रता लिएको छ । त्यस्तै नेकपा एमालेले ६२ स्थानामा र माओवादी केन्द्रले २८ स्थानमा […]


न्यायको अनुभूति गर्न पाएका छैनन् पीडितले

काठमाडौँ, मंसिर २३ गते । विस्तृत शान्ति सम्झौता भएको दश वर्ष बितिसक्दा पनि द्वन्द्वपीडित नागरिकले मानवअधिकारको अनुभूति गर्न पाएका छैनन् । नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी)बीच २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भएको थियो । दश वर्ष बितिसक्दा पनि पीडितलाई सरकारले न्यायको अनुभूति गराउन सकेको छैन । द्वन्द्वकालीन मुद्दा हेर्न सरकारले सत्यनिरुपण […]


विभेद र बहिष्करणमा परेकाको उत्थान गर्नुपर्छ- राष्ट्रपति

काठमाडौँ, मंसिर २३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले विभेद र बहिष्करणमा परेकाको उत्थान गर्दै ती वर्गलाई आर्थिक समृद्धिको मूलधारमा नल्याएसम्म साँचो अर्थमा मानवअधिकारको संरक्षण र संवद्र्धन हुन नसक्ने बताउनुभएको छ । उनान्सत्तरिऔँ मानवअधिकार दिवस २०१७ तथा नवौँ मानव अधिकार राष्ट्रिय महाभेलालाई आज यहाँ आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले मानवअधिकार क्षेत्रका उपलब्धि हुँदा पनि मानवअधिकार उल्लङ्घन […]


च्याउ व्यवसायबाट मनग्य आम्दानी

रामपुर, पाल्पा, मंसिर २२ गते । रामपुरका कृषक बलबहादुर राना च्याउ व्यवसायबाट मनग्य आम्दानी गर्दैआउनुभएको छ । रानालाई यतिबेला च्याउ बिक्री गर्न भ्याइनभ्याइ छ । अहिले च्याउको याम भएकाले रानाको दैनिकी च्याउ बिक्री गर्दैमा बित्ने गरेको छ । “बजारमा च्याउको माग बढ्न थालेपछि कसरी पु¥याउने भन्ने चिन्ता छ, व्यवसाय विस्तार गरेको छु” उहाँले भन्नुभयो । […]


कुन दलले कहाँ-कहाँ जिते ? कसको कति अग्रता ?

काठमाडौं : पहिलो र दोस्रो चरणमा निर्वाचन भएका स्थान अन्तरगत हाल प्रतिनिधिसभातर्फ ५ क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ भने प्रदेशसभातर्फ ९ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको । प्रतिनिधिसभातर्फ एमालेका उम्मेदवार ३ स्थानमा विजयी भएका छन् भने १ स्थानमा माओावदीका उम्मेदवार र एक स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । प्रदेशसभातर्फ ४ स्थानमा एमालेका उम्मेदवार विजयी […]


लोकतन्त्रको सुदृढीकरणमा सघाउने जापानको प्रतिबद्धता

काठमाडौँ, मंसिर २२ गते ।जापानले नेपालको लोकतन्त्रको सुदृढीकरण प्रयासमा सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएकामा त्यसको स्वागत गर्दै जापानले लोकतन्त्रको सुदृढीकरणमा सघाउने प्रतिबद्धता व्यक्त गरेको हो । यहाँस्थित जापानी राजदूतावासले आज अपराह्न एक विज्ञप्ति जारी गरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष एवं पारदर्शी ढंगले सम्पन्न भएको जनाउँदै निर्वाचन परिणाम […]


पुनः सञ्चालनमा आयो चिलिमे जलविद्युत आयोजना

रसुवा, मंसिर २१ गते । बुधबार दिउँसो बन्द भएको २२ मेगावाट क्षमताको चिलिमे जल विद्युत् आयोजना आज पुनः सञ्चालनमा आएको छ । विद्यत् प्रसारण लाइनको टावरमा देखिएको समस्या समाधान भएपछि विद्युत् पुनः सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । विद्युत् सञ्चालनमा ल्याउन काठमाडौँबाट प्राविधिक मगाइएको चिलिमे जलविद्युत् केन्द्रले जनाएको छ । […]


वर्षा नहुँदा गहुँ छर्न समस्या

बैतडी, मंसिर २१ गते । आकाशे पानीको भरमा खेती गर्दै आएका बैतडीका किसानले अहिलेसम्म वर्षा नहुँदा गहँु छर्न पाएका छैनन् । सिँचाइको सुविधा नभएको ठाउँका किसान आकाशे पानीको भर पर्नु परेको हो । जिल्लामा २० हजार ९०० हेक्टरमा गहुँ खेती गरिदै आएकोमा १० हजार ५०० हेक्टर जमिनमा मात्रै सिँचाइ सुविधा रहेको जिल्ला कृषि विकास कार्यालयले […]


उद्योगी व्यवसायी भन्छन् : आर्थिक समृद्धिका लागि मतदान,लगानीका अवसरमा वृद्धि हुने विश्वास

काठमाडौँ , मंसिर २१ गते । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले मुलुक राजनीतिक स्थिरता र आर्थिक समृद्धिको चरणमा प्रवेश गर्ने भन्दै उद्योगी तथा व्यवसायीले खुसी व्यक्त गरेका छन् । राजनीतिक संक्रमणकालको अन्त्य भएर मुलुकमा अमनचयन कायम हुने र त्यसले एकाध वर्षमा आर्थिक उन्नतीको मार्ग प्रशस्त गर्ने उनीहरुको भनाइ छ । प्रमुख राजनीतिक दलले राजनीतिक क्रान्तिको युग […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter