सिन्धुली, २९ मङ्सिर । जिल्लामा विभिन्न आयमूलक व्यवसाय सञ्चालन गरी ३० हजारभन्दा बढी व्यक्ति गरिबी न्यूनीकरण गर्न लागिपरेका छन् । गाउँमा नै आयमूलक व्यवसाय गर्न सहयोग पाएपछि जिल्लाका २ नगरपालिकासहित पचास गाविसका स्थानीयवासी आयमूलक व्यवसाय सञ्चालन गर्दै गरिबी न्यूनीकरण गर्न जुटेका हुन् । गरिबी निवारण कोषले जिल्लाका विपन्न व्यक्तिको पहिचान गरी उनीहरुलाई आयमूलक व्यवसाय सञ्चालन […]
दाङ, २९ मङ्सिर । सिँचाइमन्त्री दीपक गिरीले बृहद् दाङ सिँचाइ योजनाले दाङको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान दिने बताउनुभएको छ । आज यहाँ बृहद् दाङ उपत्यका सिँचाइ योजना कार्यालयको उदघाटन गर्दै उहाँले योजना सञ्चालनमा आएपछि जिल्लाको एक लाख विघा क्षेत्रफल जग्गामा सिँचाइ सुविधा पु¥याउन सकिने बताउनुभयो । सो अवसरमा मन्त्री गिरीले संविधान कार्यान्वयन गर्न सबै दल […]
रमेश लम्साल / काठमाडौँ, २८ मङ्सिर । सरकारले योजनाबद्ध रुपमा विद्युत् चुहावट नियन्त्रण गर्नेतर्फ पहल गरे रु पाँच अर्ब नेपाल विद्युत् प्राधिकरणलाई फाइदा हुने देखिएको छ । प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा उपलब्ध विद्युत्मध्ये करिब २४० मेगावाट विद्युत् चोरी तथा प्राविधिक चुहावटका कारण खेर गइरहेको अवस्थामा तत्काल १० प्रतिशतमात्रै चुहावट र चोरी नियन्त्रण गर्न सके सो […]
काठमाडौँ, २८ मङ्सिर । उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादेले एघार हजार बेरोजगार युवालाई सरकारले रोजगारको वातावरण सिर्जना गर्न लागेको बताउनुभएको छ । नेपाल हस्तकला महासङ्घको ४४औँ वार्षिकोत्सव तथा पाँचौ हस्तकला दिवसका अवसरमा आज यहाँ आयोजना गरिएको कार्यक्रममा उहाँले विदेशीएका युवा जनशक्ति रोक्नका लागि सरकारले उनीहरुलाई स्वदेशमै रोजगारीको वातावरण सृजना गर्न सीपमूलक प्रशिक्षण अभियान चलाएको बताउनुभयो । […]
काठमाडौँ, २७ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युत् चुहावट नियन्त्रण अभियानमा गुणात्मक सफलता हासिल गर्ने गरी काम गर्न ऊर्जा मन्त्रालय र सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । नेपाल विद्युत् प्राधिकरणको तथ्याङ्कअनुसार हाल मुलुकभर विद्युत् चुहावट २५ प्रतिशतभन्दा बढी रहेको र कुल जडित क्षमतामा २५० मेगावाट बराबर हुने भएकाले त्यसलाई तत्काल नियन्त्रणमा ल्याउनसमेत प्रधानमन्त्रीले निर्देशन […]
काठमाडौँ, २७ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा लिपिबद्ध भएका जनताका अधिकारलाई संस्थागत हुन नदिन केही राजनीतिक दल लागिपरेको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालले सो पार्टी प्रदेश नं ३ द्वारा यहाँ आज आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जनताका अधिकारलाई संस्थागत हुन नदिन केहि दलले फैलाएको भ्रमलाई चिर्न तथा परिवर्तनका […]
काठमाडौँ, २७ मङ्सिर । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले विदेशी चललिचत्रसँग प्रतिस्पर्धा गर्न सक्ने खालका नेपाली चलचित्र निर्माण गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ । नेपाल चलचित्र विकास बोर्डको आज निरीक्षणका क्रममा उहाँले नेपालको भौगोलिक स्थिति, रहनसहन, हावापानी र विविध भाषाशैलीका कारण यहाँ जुनसुकै चलचित्र पनि उत्कृष्ट बनाउन सकिन्छ भन्नुभयो । पुराना चलचित्र सङ्ग्रह गर्नेतर्फ […]
काठमाडौँ, २७ मङ्सिर । सरकारले आर्थिकरुपमा जर्जर भएको साझा प्रकाशन बचाउन रु ३० करोड निकासा दिने भएको छ । शिक्षामन्त्री धनीराम पौडेलका अनुसार मन्त्रिपरिषद्को आइतबारको बैठकले रु १० करोड अनुदान र २० करोड ऋण गरी रु ३० करोड प्रदान गर्ने निर्णय गरेको हो । विगतमा सरकारी पाठ्यपुस्तक वितरणको आधिकारिक विक्रेता रहेको सो संस्थाको जिम्मेवारी केही […]
काठमाडौँ, २६ मङ्सिर । चीन सरकारले भूकम्पपछिको पुनःनिर्माण कार्यका लागि रु १५ अर्ब ८० करोड अनुदान सहयोग गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले चीन सरकारले सहयोग गरेको उक्त रकम स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले बताउनुभयो । बजार तथा आपूर्ति व्यवस्थापनको कामको निरीक्षण तथा अनुगमन अन्य कार्यालयका […]
हेटौँडा, २६ मङ्सिर । उद्योगमन्त्री नवीन्द्रराज जोशीले मुलुकको आर्थिक समृवृद्धिका लागि निजी क्षेत्रका लगानीकर्तालाई उद्योग स्थापनाका लागि सहुलियत दिन सरकार कटिवद्ध छ भन्नुभयो । हेटौँडा सिमेन्ट उद्योगको आज यहाँ आयोजित ३१ औं वार्षिकोत्सव समारोहमा उहाँले सरकारको स्वामित्वमा रहेका बन्द उद्योगलाई आधुनिककरण गर्न नसक्दा आर्थिक सङ्कट व्यर्होनु परेको हो भन्नुभयो । मन्त्री जोशीले बन्द उद्योगलाई सरकारले […]