भद्रपुर, ४ भदौ । झापामा ब्रोइलर कुखुराको मासु बिक्रीबाट वार्षिक करिब रु ३३ करोड ९६ लाख आम्दानी भइरहेको छ । राष्ट्रिय योजना आयोगको सचिवालय, केन्द्रीय तथ्याङ्क विभागद्वारा आव २०७१÷७२ मा गरिएको व्यावसायिक कुखुरापालन सर्वेक्षणको नतिजामा सो कुरा उल्लेख छ । मङ्गलबार यहाँ सार्वजनिक गरिएको सर्वेक्षणबाट अन्डा बिक्रीबाट करिब रु पाँच करोड ८६ लाख र कुखुराबाट […]
काठमाडौँ, ३ भदौ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न नेदरल्यान्ड्स गएको नेपाली राष्ट्रिय क्रिकेट टोली आज बिहान स्वदेश फर्किएको छ । नेपालले नेदरल्यान्ड्मा घरेलु टोलीसँग जारी लिगको चौथो चरणअन्तर्गत दुई खेल खेलेको थियो जसमा एक जित र समान हारको नतिजा निस्कियो । गत साउन २९ गते भएको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई सात विकेटको नतिजा […]
काठमाडौँ, ३ भदौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको आर्थिक समृद्धिको दरिलो आधारका रुपमा रहेको पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार विकासमा जोड दिनुभएको छ । पर्यटनसम्बन्धी पत्रिका गन्तव्य नेपालको १२औँ वार्षिकोत्सवको यहाँ आज उद्घाटन गर्दै उहाँले प्राकृतिक, भौगोलिक र धार्मिक तथा सांस्कृतिक रुपमा नेपालको पर्यटनको प्रचुर सम्भावना रहे पनि अपेक्षित लाभ लिन नसक्नु विडम्बना […]
चितवन, ३ भदौ । सरकारी तथा आङ्गिक क्याम्पसमा पढाउने समयमा अन्य क्याम्पसमा पढाउन जाने प्राध्यापकमाथि कारबाही सुरु गरिएको छ । जिल्ला प्रशासनले एउटा सरकारी र पाँचवटा आङ्गिक क्याम्पसबाट कारबाही थालेको हो । प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पस र त्रिविबाट सम्बन्धन पाएका सप्तगण्डकी, बालकुमारी, मैयादेवी, सहिद स्मृति र सहिद स्मारक […]
शुर बहादुर सिंह / जुम्ला, २ भदौ । सुन्दा अचम्म लाग्न सक्छ, तर यहाँ यस्तै भएको छ । महिनावारी भएको बेला आफ्नो घर त कहाँ हो कहाँ गोठ पनि अर्काको चाहार्नु प¥यो कुडारी–४ जुम्लाकी कमला शाहीले । सामाजिक कुसंस्कारका रुपमा विद्यमान छुईप्रथा न्यूनीकरण गर्ने अभियान सोही गाविसमा चलिरहँदा बाहिर सरेकी कमलाले चार÷पाँच रात बिताउन आफ्नो […]
काठमाडौँ, २ भदौ । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)को अध्यक्षमा नयनसिंह महर निर्वाचित हुनुभएको छ । केहीबेरअघि सम्पन्न मतपरिणामअनुसार महर एक हजार ३३४ मतका साथ विजयी हुनुभएको प्रमुख निर्वाचन अधिकृत भरतप्रसाद खरेलले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी मनोजमणि आचार्यले एक हजार २०९ मत प्राप्त गर्नुभएको थियो । त्यसैगरी महामन्त्रीमा कुन्दन काफ्ले र सरोज थापा निर्वाचित […]
काठमाडौँ, २ भदौ । पछिल्लो समय देशका विभिन्न ठाउँमा फैलिएको स्क्रब टाइफस बिरामीको सङ्ख्या ७८ पुगेको छ । समयमै उपचार गरे सामान्य औषधिमै निको हुने स्क्रब टाइफसका कारण तीन जनाको मृत्यु भएको पुष्टि समेत भइसकेको छ । रोगका विषयमा सही जानकारीको अभावका कारण बिरामीले स्वास्थ्य संस्था पुग्न ढिलाइ गर्ने गरेकाले दिनदिनै बिरामीको सङ्ख्या बढ्दै गएको […]
काठमाडौँ, १ भदौ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले बन्द भएको करिब चार वर्षपछि काठमाडौँ–दुबई उडान पुनः बिहीबारदेखि नियमित गर्दैछ । काठमाडौँ– दुबई सीधा उडानका लागि सबै तयारी पूरा भएको निगमका कर्पोरेट निर्देशक रामहरि शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार १५८ सिट क्षमताको ए– ३२० एयरबस गन्तव्यमा उड्ने तयारीमा छ । दुबई […]
काठमाडौँ, १ भदौ । सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै डा गोविन्द केसीले यही भदौ ४ गते सडकबाट दबाब दिने कार्यक्रमको घोषणा गर्नुभएको छ । आज शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गरी भदौ ४ गते शनिबार डा केसीले प्रधानमन्त्रीलाई सम्झौता कार्यान्वयनमा दबाब दिन बालुवाटार प्रधानमन्त्री निवास अगाडि ‘उभिएर दबाब’ दिने बताउनुभएको छ । डा केसीले […]
काठमाडौँ, १ भदौ । सर्वोच्च अदालतले विभिन्न देशका लागि सिफारिस गरेका १४ राजदूतको नाम फिर्ता लिने निर्णयको कार्यान्वयन नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले आज नाम फिर्ता लिने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको हो । आदेशमा यही भदौ ८ गते विपक्षीलाई […]