काठमाडौँ, १४ साउन । ‘नेपाल फोटो प्रतियोगिता –२०७३’ को उपाधि दीपकरत्न वज्राचार्यले जित्नुभएको छ । उहाँले गत वर्ष वैशाख १२ गते भूकम्प जाँदै गर्दा खिंचेको तस्बिर यस वर्षको ‘फोटो अफ द इयर –०७३’ घोषित भएको हो । फोटो पत्रकार (पिजे) क्लबको आयोजनामा आज यहाँ भएको कार्यक्रममा नभेष चित्रकारको तस्बिरले ‘नेपाल स्माइल’ विधा जित्यो भने ‘डेली […]
रमेश लम्साल / काठमाडौँ, १४ साउन । नीतिगत र कानुनी सुधारलगायतका विषयमा सरकारले घोषणा गरेको राष्ट्रिय ऊर्जा सङ्कट निवारण तथा विद्युत्् विकास दशक सम्बन्धी अवधारणा अगाडि बढ्न नसके पनि केही महत्वपूर्ण विषयमा सुधारको सङ्केत देखा परेको छ । ऊर्जा मन्त्रालयले व्यवस्थापिका–संसद्, कृषि तथा जलस्रोत समितिमा पेस गरेको प्रतिवेदनमा केही महत्वपूर्ण प्रसारण लाइन निर्माणको प्रक्रियाले गति […]
वासुदेव पौडेल / पोखरा, १३ साउन । सात तालको बगैँचा शहर लेखनाथ नगरपालिकास्थित विश्व रामसार सूचीमा सूचीकृत रुपातालको रुप र सौन्दर्य जोगाउने विषयले यतिखेर सर्वत्र चर्चा पाएको छ । कास्कीको रुपाकोट, हंसपुरको सिरान र माझठाना ९हालको लेखनाथ नगरपालिका वडा नं १०, ११ र १४ छुने०को केही भागले छोएको यो ताल प्राकृतिक र मानवीय अतिक्रमणको सिकार […]
काठमाडौँ, १३ साउन । अन्तर्राष्ट्रिय शान्ति सम्मेलन यहाँ सुरु भएको छ । युनिभर्सल पिस फेडरेसन संसदीय शान्ति परिषद्को आयोजनामा सुरु भएको तीनदिने सम्मेलनमा २९ देशका १८५ सांसद, सोलोमन आइल्यान्डका पूर्वराष्ट्रपति मार्सल आइसमान्ड, किरिबाटिका पूर्वराष्ट्रपति एनोट टोङ तथा फिजी र श्रीलङ्काका मन्त्री गरी २०० प्रतिनिधिको सहभागिता छ । सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालको […]
काठमाडौँ, १३ साउन । सूचना तथा सञ्चार मन्त्रालयले देशका विभिन्न भागमा गएको बाढीपहिरोबाट भएको जनधनको क्षतिसम्बन्धी सूचना तथा जानकारी दिन मातहतका निकायका कर्मचारीलाई कार्यस्थलमा खटाउन निर्देशन दिएको छ । सूचना तथा सञ्चार सचिव दिनेशकुमार थपलियाको अध्यक्षमा मन्त्रालयअन्तर्गतका सञ्चारमाध्यम र निकायका प्रमुखहरुको बुधबार सम्पन्न बैठकले बाढीपहिरोका कारण भएको जनधन र भौतिक संरचनाको क्षतिका बारेमा सत्यतथ्य सूचना […]
सिटी पोखरेल / प्यूठान, १२ साउन । अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण प्यूठानमा हालसम्म ३८ जनाको मृत्यु भएको छ । मङ्गलबार र बुधबार गरी जिल्लाका विभिन्न ठाँउमा ३८ जनाको मृत्यू भएको जिल्ला प्राशासन कार्यालयले जनाएको छ । पहिरोमा परी गएराति नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य हरिबहादुर केसीको घरमाथिबाट आएको पहिरोले पुर्दा उनको मृत्यु भएको […]
काठमाडौँ, १२ साउन । मन्त्रिपरिषद्को आजको बैठकले बाढीपीडितको तत्काल राहत तथा उद्धारका लागि रु ७५ करोड निकासा गर्ने निर्णय गरेको छ । बैठकले देशका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मुलुकको समग्र क्षतिमा दुःख व्यक्त गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिनुभयो […]
काठमाडौँ, ११ साउन । गृह मन्त्रालयले केही दिनदेखि परेको अबिरल वर्षाका कारण आएको बाढी, पहिरोका कारण हालसम्म २८ जनाको मृत्यु, २४ जना बेपत्ता र १० जना घाइते भएको जनाएको छ । मन्त्रालयका अनुसार प्यूठानमा ६, गुल्मीमा पाँच, पाल्पामा चार, बाग्लुङमा चार, मकवानपुरमा तीन, रुपन्देहीमा दुई र काठमाडौँ, अर्घाखाँची, दोलखा र सर्लाहीमा एक÷एक जनाको मृत्यु भएको […]
काठमाडौँ, ११ साउन । प्रधानन्यायाधीश सुशीला कार्कीले विषम परिस्थितिमा पनि उत्साहजनक ढङ्गले मुद्दा फछ्र्योट गर्न सफल भएको बताउनुभएको छ । सर्वोच्च अदातलले सोमबारदेखि सुरु गरेको सर्वोच्च अदालतल र पुनरावेदन अदालतका मुख्य न्यायाधीशबीच न्यायपालिकाको वार्षिक कार्यप्रगति समीक्षाको समापनमा उहाँले विषम परिस्थितिमा पनि उत्साहजनक ढङ्ले अदालतले गरेका कामप्रति खुसी व्यक्त गर्नुभयो । प्रधानन्यायाधीश कार्कीले न्यायपालिकाको रणनीतिक योजनाको […]
काठमाडौँ, १० साउन । विभिन्न माग राखेर आमरण अनशन बस्नुभएका डा गोविन्द केसीले १६ दिनपछि आज अनशन तोड्नुभएको छ । डा केसी अनशन बस्नुभएको ठाउँ शिक्षण अस्पताल महाराजगन्जमा सरकारी वार्ताटोली र डा केसी पक्षका वार्ताटोलीबीच वार्ता भई आइतबार चारबुँदे सहमति भएपछि आज २ बजे उहाँले अनशन तोड्नुभएको हो । सोही अस्पतालमा उपचार गराइरहनुभएका सरोज नेपाली, […]