काठमाडौँ, ११ साउन । प्रधानन्यायाधीश सुशीला कार्कीले विषम परिस्थितिमा पनि उत्साहजनक ढङ्गले मुद्दा फछ्र्योट गर्न सफल भएको बताउनुभएको छ । सर्वोच्च अदातलले सोमबारदेखि सुरु गरेको सर्वोच्च अदालतल र पुनरावेदन अदालतका मुख्य न्यायाधीशबीच न्यायपालिकाको वार्षिक कार्यप्रगति समीक्षाको समापनमा उहाँले विषम परिस्थितिमा पनि उत्साहजनक ढङ्ले अदालतले गरेका कामप्रति खुसी व्यक्त गर्नुभयो । प्रधानन्यायाधीश कार्कीले न्यायपालिकाको रणनीतिक योजनाको […]
काठमाडौँ, १० साउन । विभिन्न माग राखेर आमरण अनशन बस्नुभएका डा गोविन्द केसीले १६ दिनपछि आज अनशन तोड्नुभएको छ । डा केसी अनशन बस्नुभएको ठाउँ शिक्षण अस्पताल महाराजगन्जमा सरकारी वार्ताटोली र डा केसी पक्षका वार्ताटोलीबीच वार्ता भई आइतबार चारबुँदे सहमति भएपछि आज २ बजे उहाँले अनशन तोड्नुभएको हो । सोही अस्पतालमा उपचार गराइरहनुभएका सरोज नेपाली, […]
काठमाडौँ, १० साउन । नेपालको पर्यटन प्रवद्र्धन गर्नेे उद्देश्यका साथ हङकङमा आइतबार हाइकिङ (लामो दूरीको पैदलयात्रा) आयोजना गरिएको छ । ‘हाइक फर नेपाल’ शीर्षकमा आयोजित उक्त कार्यक्रममा ‘एसियाको विश्व परिचित सहर’को करिब १३ किमी यात्रा गरिएको थियो । ‘नेपालका लागि सँगसँगै पाइला चालौँ’ भन्ने नारा दिइएको पैदलयात्रा हङकङ अब्जर्भेसन ह्विलबाट बिहान करिब ८ः३० मा सुरु […]
सुशील दर्नाल / काठमाडौँ, १० साउन । सरकारले सामुदायिक रेडियोलाई नीतिगत मान्यता प्रदान गरेको छ । राष्ट्रिय आमसञ्चार नीति–२०७३ ले सामुदायिक रेडियोलाई नीतिगत रुपमा मान्यता दिएको हो । सो नीतिलाई यही साउन ७ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको थियो । हाल देशभर सूचना तथा सञ्चार मन्त्रालयबाट सामुदायिक रेडियोको अनुमति प्राप्त गरेका करिब ४०० रेडियो छन् […]
काठमाडौँ, १० साउन । प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली सेना नेपालको समष्टिगत राष्ट्रिय हितको सुरक्षाका लागि प्रतिबद्ध रहेको तथा यसले विद्यमान राजनीतिक एवं सुरक्षा स्थितिलाई समेत सूक्ष्म ढङ्गबाट नियालिरहेको बताउनुभएको छ । कृषिमा व्यवसायीकरणको जागरण अभियानमा कार्यरत ‘अष्ट ज अभियान’ नामक संस्थाबाट आफू समक्ष गमला हस्तान्तरण तथा उत्पादन र व्यवसायीकरणका सम्बन्धमा नेपाली सेनाको भूमिकाबारे गरिएको अन्तक्र्रिया […]
काठमाडौँ, ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज प्रधानमन्त्री पदबाट राजिनामा दिनुभएको छ । आफूविरुद्ध व्यवस्थापिका–संसदमा परेको अविश्वासको प्रस्तावको जवाफ दिँदै उहाँले नयाँ प्रधानमन्त्री निर्वाचनका निम्ति सहज मार्ग प्रशस्त होस् भन्ने हेतुले राजिनामा पेस गरेको र साथै बाधा अड्काउ फुकाउन राष्ट्रपति समक्ष सिफारिस गरेको सदनलाई जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले नेपालको […]
सिबी अधिकारी / काठमाडौँ, ९ साउन । विश्वमा धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रुपमा रहेको नेपालमा पर्यटकको सङ्ख्या बढ्दै गएको छ । नेपाल भ्रमणमा आउने पर्यटकमध्ये धेरैको रोजाइँ पवित्र धार्मिक क्षेत्रको भ्रमण हुने गरेको पाइएको छ । लुम्बिनी, पशुपतिनाथलगायत पुरातात्विक महत्वका सांस्कृतिक सम्पदाका कारण पर्यटक आकर्षित हुने गरेका छन् । विश्व सम्पदाका सूचीमा सूचीकृत १० सम्पदा […]
काठमाडौँ, ८ साउन । चिकित्सा क्षेत्र र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै १४ दिनदेखि आमरण अनशन बस्नुभएका प्रा डा गोविन्द केसीको समर्थनमा आज यहाँ पदयात्रा गरिएको छ । सरकारलाई दबाब दिन नागरिकले स्वतस्फूर्त रुपमा आयोजना गरेको पदयात्रामा स्वास्थ्यकर्मी, विभिन्न राजनीतिक दलका विद्यार्थी सङ्गठन, पेसाकर्मी, कलाकार लगायत हजारौँकोे सहभागिता थियो । प्रा डा केसी चिकित्सा शिक्षा […]
दाङ, ८ साउन । दाङको तुलसीपुर नगरपालिकाले रु ८० लाखको लगानीमा नगरपालिकाका मुख्य सडक र विभिन्न आठवटा टोलका सडकमा सौर्य बत्ती जडान गर्ने भएको छ । नगरपालिकाका इन्जिनियर पवनकुमार योगीकाअनुसार जनसहभागितामा आधारित सौर्य बत्ती जडान परियोजना अन्तर्गत आगामी भदौदेखि उज्यालो तुलसीपुर बनाउने उद्देश्यका साथ सौर्य बत्ती जडान गर्ने कार्यक्रम सुरु गर्न लागिएको हो । सौर्य […]
काठमाडौँ, ८ साउन । सन् २०३०(विसं २०८७तिर) सम्म मुलुकको कुल ऊर्जाको माग दश हजार मेगावाट हुने देखिएको छ । राष्ट्रिय योजना आयोगले गरेको अध्ययनले प्रतिवर्ष कुल २० प्रतिशतको दरले ऊर्जाकोे माग बढ्दै जाने र सो अवधिसम्म माग उच्च विन्दुमा पुगेर दश हजार मेगावाट पुग्ने देखिएको हो । सरकारले योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाको संयोजकत्वमा […]