समाचार

अपाङ्गताका क्षेत्रमा राजनीतिक दलले गम्भीरतापूर्वक लिनुपर्छ ःउपप्रम मैनाली

काठमाडाँै, ५ जेठ । उपप्रधानमन्त्री एवम् महिला, बालबालिका तथा समाजकल्याणमन्त्री सीपी मैनालीले अपाङ्गताका क्षेत्रमा रहेका समस्याको समाधानका लागि राजनीतिक पार्टीले गम्भीरतापूर्वक लिई उनीहरुको माग सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । सुस्तश्रवणका अधिकारका क्षेत्रमा कार्यरत श्रुति संस्थाले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री मैनालीले अपाङ्गताका क्षेत्रमा कार्यरत मन्त्रालय तथा विभिन्न सङ्घ संस्थाबीच समन्वय आवश्यक रहेको बताउँदै अपाङ्गता […]


सुनौला एक हजार दिनको जनजागरण अभियानमा नेपाल, गिरी र निरौला

काठमाडौँ, ४ जेठ । ‘सुनौला एक हजार दिनको जनजागरण अभियान’का प्रवद्र्धकमा हास्य कलाकारत्रय जितु नेपाल, दीपकराज गिरी र दीपाश्री निरौला नियुक्त हुनुभएको छ । गर्भधारण भएदेखि शिशु दुई वर्षको समयावधि (एक हजार दिन)मा गर्भवती तथा तिनका अभिभावकलाई पोषणको महत्व, जानकारी तथा व्यवहार परिवर्तन गर्न नेपाल सरकार अन्तर्गतका विभिन्न मन्त्रालयले बहुक्षेत्रीय पोषण योजनालाई थप कार्यान्वयन गर्ने […]


अपाङ्गमैत्री बजेट ल्याउने प्रतिबद्धता

काठमाडौँ, ४ जेठ । राष्ट्रिय अपाङ्ग महासङ्घले आव २०७३÷७४ को बजेटमा अपाङ्गता भएकालाई प्राथमिकता दिनुपर्ने माग गर्दै अर्थमन्त्री विष्णु पौडेल र राज्यमन्त्री दामोदर भण्डारीलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री पौडेलले सरकारले राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गरी आगामी बजेट ल्याउन लागेको बताउँदै उक्त बजेटमा अपाङ्गता भएका व्यक्तिका लागि सरकारले प्राथमिकताका […]


हिसानको छयालीसबुँदे घोषणापत्र सार्वजनिक

काठमाडौँ, ३ जेठ । उच्चमाध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) ले तत्काल राष्ट्रिय शिक्षा आयोग गठनको माग गर्दै ४६ बँुदे घोषणापत्र सार्वजनिक गरेको छ । हिसानको सातौँ राष्ट्रिय महाधिवेशनले शिक्षा क्षेत्रका विभिन्न विषय समेटिएर पारित गरेका ४६ बुँदे घोषणापत्र नवनिर्वाचित अध्यक्ष रमेश सिलवालले आज पत्रकार सम्मलेनमार्फत सार्वजनिक गर्दै कक्षा ११ र १२ को परीक्षाको परीक्षाफल प्रकाशन […]


सरकारी कार्यालयप्रतिको धारणा सकारात्मक बनाउनुपर्छ – मन्त्री मानवी

नवलपरासी, ३ जेठ । पशुपन्छी विकासमन्त्री शान्ता मानवीले सर्वसाधारणका नजरमा सरकारी कार्यालयलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउनुुपर्ने बताउनुभएको छ । परासीस्थित जिल्ला पशु सेवा कार्यालयको निरीक्षणपछि कर्मचारीलाई निर्देशन दिँदै मन्त्री मानवीले नागरिकमा सकरात्मक दृष्टिकोण ल्याउन कार्यालयले पारदर्शी रुपमा काम गर्ने तथा छिटो छरितो र नागरिक बडापत्रानुसारको सेवा दिनुपर्ने सुझाव दिनुभयो । उहाँले जिल्लाको पशु सेवा […]


‘आमजनतालाई सिंहदरबारमा पुहँच देऊ’

कुमारप्रसाद चौलागाईं (काठमाडौँ), २ जेठ । राष्ट्रिय सूचना आयोगले घुमाउरो पारामा सिंहदरबारभित्र आम नागरिकलाई सहज पहुँच दिन नेपाल सरकार तथा व्यवस्थापिका–संसदलाई आदेश दिएको छ । सूचनाको हकसम्बन्धी ऐन २०६४ को प्रस्तावनामै राज्यका काम कारबाही खुल्ला र पारदर्शी बनाइ नागरिकप्रति जवाफदेही र जिम्मेवार बनाउन सार्वजनिक निकायका सार्वजनिक महत्वको सूचनामा आम नागरिकको पहुँचलाई सरल र सहज बनाउने […]


चार साहित्यकारलाई विभिन्न पुरस्कार प्रदान

फोटो-रामेश्वरी   काठमाडौँ, १ जेठ । दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको वार्षिकोत्सवको अवसरमा आज चार साहित्यकारलाई पुरस्कार प्रदान तथा सम्मान गरिएको छ । यहाँ आज आयोजित कार्यक्रममा ‘दायित्व वाङ्मय विशिष्ट सम्मान–२०७३’ साहित्यकारद्वय तेजेश्वरबाबु ग्वंग र नगेन्द्रराज शर्मालाई प्रदान गरियो । त्यसैगरी ‘दायित्व वाङ्मय सम्मान–२०७३’ र ‘हरिकला गुणकार रचना पुरस्कार–२०७३’ क्रमशः साहित्यकारद्वय वासुदेव उपाध्याय ढकाल र प्रह्लाद […]


‘शैक्षिक प्रमाणपत्रका आधारमा ऋण : कार्यान्वयन नै महत्वपूर्ण’

काठमाडौँ, १ जेठ । सरकारले आगामी आवका लागि नीति तथा कार्यक्रममा समावेश गरेको विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने विषयलाई सघन छलफलमा ल्याएर निष्कर्ष दिनुपर्ने औँल्याइएको छ । एकीकृत नेकपा(माओवादी) निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले ५२ आँैं विद्यार्थी एकता दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘शैक्षिक प्रमाणपत्रका आधारमा ऋण र कार्यान्वयनको सवाल’ […]


बयालिस आरोही सगरमाथाको चुचुरामा

काठमाडौँ, ३१ वैशाख । तेह्र नेपालीसहित २७ जना आरोहीले आज सगरमाथाको सफल आरोहण गरेका छन् । मध्याह्नसम्म १४ विदेशी र १३ नेपालीले सगरमाथा आरोहण गरेको आधार शिविरमा रहनुभएका पर्यटन विभाग, पर्वतारोहण शाखाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो । यसअघि बिहीबार तीन नेपाली र तीन विदेशी तथा बुधबार नौ शेर्पा आरोहीले सगरमाथाको सफल आरोहण गरेका […]


‘एबिसी’लाई क्षमायाचना गर्न निर्देशन

काठमाडौँ, ३० वैशाख । ‘एबिसी’ टेलिभिजनबाट प्रसारित ‘एबिसी वाच’ कार्यक्रममा सिके राउतसँगको अन्तर्वार्ताबाट नेपालको सार्वभौमसत्तामा खलल पुगेको जनाई प्रेस काउन्सिल नेपालले आज क्षमायाचना गर्न निर्देशन दिएको छ । काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको बैठकले टेलिभिजनलाई जनतासमक्ष क्षमायाचना गर्न निर्देशन गरेको हो । विसं २०७२ चैत १७ गते सो टेलिभिजनबाट राउतसँगको अन्तर्वार्ताबाट नेपालको भौगोलिक अखण्डता र सामाजिक […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter