समाचार

इलाममा अदुवाबाट डेढ अर्ब रकम आर्जन

    इलाम, ११ वैशाख । जिल्लामा यस वर्ष रु डेढ अर्ब मूल्य बराबरको अदुवा उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यस वर्ष ११ लाख ४९ हजार ८५० मन (४० किलोको एक मन) अदुवा उत्पादन भई प्रतिमन रु एक हजार तीन सय ५० ले बिक्री भएको छ । अदुवा बिक्रीबाट […]


उत्पादनको मूल्याङ्कन गरी क्षतिपूर्ति दिन किसानको माग

कास्की, ९ वैशाख । किसानलाई उत्पादन फसल बिमाको व्यवस्था गर्न यहाँका किसानले माग गरेका छन् । राष्ट्रिय कृषक समूह महासङ्घ कास्कीले पोखरामा आयोजना गरेको ‘कास्की जिल्लामा हावाहुरी तथा असिनाले पारेको क्षति’ विषयको अन्तक्र्रिया कार्यक्रममा बोल्ने किसानले त्यस्तो माग गरेका हुन् । नेपाल सरकारले बिमाप्रति किसानलाई आकर्षण गरे पनि वर्तमान बिमाले किसानलाई राहत दिन नसकेको उनीहरुको […]


इन्द्रेणी तालको पुनःनिर्माण सुरु

दमक, ९ वैशाख । झापाको दमक–१९ मा रहेको इन्द्रेणीताल सिमसार क्षेत्रको संरक्षण तथा पुनःनिर्माणको काम पुनः थालिएको छ । केही समयअगाडिसम्म पनि पूर्वमा नै निकै चर्चा पाएको यस इन्द्रेणीताल सिमसार क्षेत्रको उचित संरक्षण तथा प्रवद्र्धन गर्न स्थानीयवासीले चासो देखाएका हुन् । यस वर्ष सिमसारको दिगो विकासका लागि पहिलो चरणमा पूर्वाधार विकासको काम सुरु गरिएको इन्द्रेणीताल […]


अघि बढ्यो खुला विश्वविद्यालय विधेयक

(प्रकाश सिलवाल) काठमाडौँ, ७ वैशाख । मस्यौदा बनेको पाँच वर्षपछि खुला विश्वविद्यालयसम्बन्धी विधेयक व्यवस्थापिका–संसद्को सम्बन्धित समितिको कार्यसूचीमा परेको छ । व्यवस्थापिका–संसद्, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिले ‘नेपाल खुला विश्वविद्यालय विधेयक, २०७२’ माथि आएका विभिन्न संशोधन र सुझावबारे आज समितिमा छलफल गरी अन्तिम प्रतिवेदन तयार गर्ने निर्णय गरेको छ । सो विधेयक अघिल्ला शिक्षामन्त्री […]


मुस्ताङका होटल आन्तरिक पर्यटकले भरिभराउ

मुस्ताङ, ६ वैशाख । पर्यटन सिजन सुरु भएसँगै मुस्ताङका होटल आन्तरिक पर्यटकले भरिभराउ भएका छन् । यस वर्ष हिउँ र वर्षा कम भएका कारण चैत महिनादेखि नै पर्यटकको आवागमन बढेपछि जिल्लाका होटल अग्रिम बुकिङ हुन थालेका हुन् । अनुकूल मौसमका समय मुस्ताङमा पोखरा–जोमसोम हवाई मार्गबाट समेत पर्यटक भ्रमणमा जाने गरेका छन् । फागुन अन्तिम सातादेखि […]


नेपालको संविधान सगरमाथामा फहराइने

काठमाडौँ, ५ वैशाख । नेपाल विद्यार्थी सङ्घको स्थापना दिवसका अवसरमा नेविसङ्घ धुलाबारी क्याम्पसका नेता अनिश लुइँटेलले सङ्घको झन्डा र नेपालको संविधान सगरमाथा फहराउने हुनुभएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा नेविसङ्घका केन्द्रीय अध्यक्ष रञ्जित कर्णले नेपाल र ् नेविसङ्घको झन्डा तथा नेपालको संविधान आरोही लुइँटेललाई हस्तान्तरण गर्दै नेविसङ्घको झन्डा आफ्नो प्रतिनिधिमार्फत विश्वको सर्वोकृष्ट चुचुरोमा […]


थोराङपासमा सेल्टर बनेपछि पर्यटकलाई सुविधा

मुस्ताङ, ४ वैशाख । राउण्ड अन्नपूर्ण पदमार्ग अन्तर्गत थोराङपासमा अस्थायी सेल्टर (आवास गृह) निर्माण भएपछि पर्यटकलाई सहज भएको छ । जिल्ला विकास समिति मुस्ताङ र पर्यटन बोर्डको रु ४० लाखको लगानीमा सेल्टर निर्माण गरिएको हो । एक्काइस दिन लाग्ने पदमार्गको पदयात्रामा आउने अधिकाँश पदयात्री समुद्री सतहदेखि ५४ सय मिटर उचाइमा रहेको थोराङपासमा पुग्न चाहान्छन् । […]


धौवादीको फलामखानीको उत्खनन सरकार आफैँ गर्छ : मन्त्री पाण्डे

कावासोती, ४ वैशाख । नवलपरासीको धौवादी–३ पोखरीस्थित फलामखानीको उत्खनन सरकार आफैँले गर्ने उद्योग मन्त्री सोमप्रसाद पाण्डेले बताउनुभएको छ । खानी तथा भूगर्भ विभागको टोलीसहित शनिबार खानी क्षेत्र पुग्नुभएका मन्त्री पाण्डेले सरकार आफैँले फलामको उत्खनन गर्ने बताउनुभयो । मन्त्रालयले सम्भावना भएका खानी, पेट्रोलियम पदार्थको अन्वेशण गरिरहेको छ अब विकासको गति बढ्छ मन्त्री पाण्डेले भन्नुभयो – “धौवादीको […]


आठ कक्षा उत्तीर्ण भएपछि पूर्व सभासद् चौधरी दङ्ग

दाङ, ३ वैशाख । नेकपा (एमाले)की नेत्री शान्ता चौधरी कक्षा ८ को जिल्लास्तरीय परीक्षामा उत्तीर्ण हुनुभएको छ । दाङ लक्ष्मीपुरको उच्च मावि डाँडागाउँ गोग्लीबाट परीक्षा दिनुभएको पूर्व सभासद् चौधरी पहिलो श्रेणीमा उत्तीर्ण हुनुभएको हो । सभासद् हँुदा निरक्षर भएका कारण धेरै दुःख झेल्नुपरेको महसुस गरेपछि उहाँ गाउँको विद्यालयमा भर्ना हुनुभएको थियो । सामाजिक सञ्जाल फेसबुकमा […]


हनुमानढोका पु¥याइयो सेतो मच्छिन्द्रनाथको रथ

काठमाडौँ, ३ वैशाख । बिहीबारदेखि सुरु भएको सेतो मच्छिन्द्रनाथको रथयात्रा आज हनुमानढोका पु¥याइएको छ । प्रत्येक वर्ष चैतेदसैँका दिन सुरु हुने सेतो मच्छिन्द्रनाथको रथयात्रा स्थानीय जनबहाल, इन्द्रचोक, मखन हुँदै आज रामनवमीको दिन हनुमानढोका पु¥याइएको हो । स्थानीय जनबहालमा रथ पु¥याउँदा स्थानीयवासीले रथलाई केही बेर रोकेर विशेष पूजासमेत गरी प्रसाद वितरण गरेका थिए । रथलाई आज […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter