• Sunday, June 01, 2025

समाचार

‘विदेश गएका नेपालीलाई स्वदेश फर्कने वातावरण बनाऔँ’: राष्ट्रपति पौडेल

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न कारणले विदेश गएका नेपालीहरूलाई स्वदेश फर्कने अवस्थाको सिर्जना गर्नुपर्ने धारणा राख्नुभएको छ । एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ)का प्रतिनिधिमण्डलसँग शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले अध्ययन, वैदेशिक रोजगारी, व्यवसायका साथै विविध कारणले बिदेसिएका नेपालीहरूलाई स्वदेश फर्कने वातावरण बन्नुपर्ने धारणा राख्नुभएको हो । यसप्रति […]


एक लाख ६८ हजार भक्तजनले गरे पाथीभराको दर्शन

चन्द्र पन्दाक / ताप्लेजुङ, चैत ३० गते। चैत मसान्त सम्ममा एक लाख ६८ हजार बढी भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गरेका छन्। चालू आर्थिक वर्ष २०८०/८१ को साउनदेखि चैत महिनासम्ममा उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन्। पाथीभरा क्षेत्र विकास समितिले शुक्रबार (आज) ५ बजेपछि सार्वजनिक गरेको तथ्याङ्कअनुसार चैत मसान्त सम्ममा कुल एक लाख […]


एक लाख ३० हजार चल्ला उत्पादन

गजेन्द्र गुरुङ / खजुरा, चैत २९ गते । बाँकेको जानकी गाउँपालिका –४ स्थित खजुरामा रहेको कुखुरा विकास फार्मले यो आर्थिक वर्षमा एक लाख ३० हजार बढी लोकल प्रजातिका चल्ला उत्पादन गरेको छ । लोकल प्रजातिका कुखुराको अनुसन्धान, उत्पादन तथा बजारीकरण गर्दैआएको फार्मले हासम्ममा एक लाख ३० हजार बढी विभिन्न जातका लोकल प्रजातिका कुखुराका चल्ला उत्पादन […]


मतदानको अधिकार उपयोग गर्न आग्रह

इलाम, चैत २९ गते । आगामी वैशाख १५ मा हुन लागेको इलाम–२ को उपनिर्वाचनमा सबै मतदातालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरोकारवाला पक्षसँग अधिकारकर्मीले आग्रह गरेका छन् । उपनिर्वाचनको सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश र नेपाल पत्रकार महासङ्घ इलाम शाखाको आयोजनामा मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा सो आग्रह गरिएको हो । राष्ट्रिय […]


आगामी बजेटमा जनताले परिवर्तनको महसुस गर्ने

गोरखा, चैत २३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेटमा जनताले परिवर्तन एवम् विकासको महसुस गर्ने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) जिल्ला पार्टीले शुक्रबार गोरखामा आयोजना गरेको कार्यकर्ता भेटघाट एवम् प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षमा विकास र निर्माणका क्षेत्रमा प्रभावकारी आयोजना लिएर […]


बाँकेमा गुरुकुल सञ्चालनको तयारी

सिराज खान / नेपालगन्ज, चैत २३ गते। बाँकेमा वेदमा आधारित गुरुकुल विद्यालय सञ्चालनका लागि आवश्यक तयारी सुरु भएको छ। नेपालगन्ज उपमहानगरपालिका–२२ को खलवा पुरैनीमा गुरुकुल सञ्चालनका लागि भवन निर्माण कार्य सुरु गरिएको हो। स्थानीयको सहयोग तथा दाताको सहकार्यमा लामो समयको प्रयासपछि गुरुकुल भवनको निर्माण सुरु गरिएको स्थानीय अगुवा अजय साहनीले जानकारी दिनुभयो। उहाँका अनुसार करिब […]


मुलुकको व्यापार घाटा नौ खर्ब २९ अर्ब

काठमाडौँ, चैत २२ गते । चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको अवधिमा १० खर्ब ३० अर्ब २२ करोड बराबरको वस्तु आयात भएको छ । नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार कूल आयातमा दुई दशमलव सात प्रतिशतले कमी आएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १९ दशमलव १ प्रतिशतले कमी आएको […]


प्रधानमन्त्रीलाई मन्त्रीले दैनिक कामको ब्रिफिङ गर्नुपर्ने

काठमाडौं, चैत २२ गते। सरकारका मन्त्रीले आफूले गरेको कामको प्रधानमन्त्री समक्ष दैनिक रुपमा बिफ्रिङ गर्नुपर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रीले दैनिक रुपमा गरेको कामको ब्रिफिङ हरेक दिन बेलुका प्रधानमन्त्रीलाई गर्ने निर्णय गरेको हो। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो कुराको जानकारी दिनुभएको […]


रत्नपार्कको भित्ते बगैँचामा दुई सय बिरुवा

काठमाडौं, चैत २१ गते । भित्ते बगैँचामा बुधबार दुई सय वटा फूल र लहरा बोटका बिरुवा रोपिएका छन् । पार्क तथा हरियाली प्रवर्द्धन आयोजनाले रत्नपार्क, आकाशेपुलको दुईवटा भित्ता उपयोग गरेर भित्ते बगैँचाको परीक्षण थालेको हो । यस क्रममा आयोजनाका प्रमुख नवराज थापा, महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे, वातावरण व्यवस्थापन विभागका कर्मचारीसहित सहभागी भएर फूल […]


खेलकुद बहुआयामिक सम्भावनायुक्त क्षेत्र : प्रधानमन्त्री

काठमाडौँ, चैत २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि खेल क्षेत्र बहुआयामिक सम्भावनायुक्त क्षेत्र भएकाले यसको विकासमा सरकारले विशेष ध्यान दिने बताउनुभएको छ । राष्ट्रिय खेलकुद परिषद्को ६०औँ वार्षिकोत्सव समारोहमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले शारीरिक र मानसिक विकासका साथै देशको बहुआयामिक विकासमा सहयोग गर्ने बताउनुभयो । “यो एउटा यस्तो क्षेत्र हो, जहाँ […]




TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter