नेपाल अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी हुने

boudhist

काठमाडौँ, २३ असोज । अन्तर्राष्ट्रिय युवा बौद्ध महासङ्घको १२औँ सम्मेलनमा नेपालले सहभागिता जनाउने भएको छ ।

यही असोज २८ देखि ३० गतेसम्म बेल्जियममा हुने सो सम्मेलनमा नेपालका तर्फबाट अन्तर्राष्ट्रिय युवा बौद्ध महासङ्घ नेपाल च्याप्टरका अध्यक्ष भिक्षु तपस्सी धम्मले प्रतिनिधित्व गर्नुहुने भएको छ ।

नेपाललगायत विभिन्न ४६ मुलुकका १५० प्रतिनिधिले भाग लिने सो बैठकमा बौद्ध दर्शन तथा साहित्यका बारेमा समीक्षा गरिनेछ । त्यस्तै, विश्वका सम्पूर्ण बौद्ध धर्मावलम्बीको एकताका लागि विभिन्न देशका विद्वान्बीच अनुभव आदान प्रदान गरिनेछ ।

विश्वमा बढ्दै गएको हत्या हिंसा तथा आतङ्कलाई न्यूनीकरण गर्न बौद्ध धर्म तथा दर्शनलाई कसरी मानव कल्याणमा उपयोग गर्ने भन्ने बारेमा बैठकमा छलफल गरिनेछ ।

सो सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने अध्यक्ष भिक्षु धम्मले नेपालमा बौद्ध धर्मको अवस्था तथा यसले नेपाली समाजमा पु¥याएको योगदानका बारेमा सहभागी मुलुकका प्रतिनिधिलाई जानकारी दिनुहुनेछ ।

उक्त महासङ्घमा विश्वका ३५ हजार युवा भिक्षु सहभागी छन् भने महासङ्घले विश्वमा शान्ति तथा समृद्धि कायम गर्न विभिन्न समाजसेवाका गतिविधि सञ्चालन गर्दै आएको छ । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter