• Saturday, April 05, 2025

सेनाले सामूहिक आवास निर्माण गर्ने

 nepal army

त्रिशूली(नुवाकोट), १३ जेठ । भूकम्पबाट प्रभावित नुवाकोटमा निर्माण हुने १० सामूहिक आवासमध्ये सात स्थानमा सामूहिक आवास निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ ।
तीन स्थानमा भने सहरी तथा भवन निर्माण डिभिजन कार्यालयले निर्माण गर्न थालिसकेको छ । सदरमुकाम विदुरमा प्रजिअ विष्णुप्रसाद पोखरेलका अध्यक्षतामा बसेको जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकले सामूहिक आवास निर्माणको जिम्मा नेपाली सेनाको श्रीनाथ गण देवीघाटलाई दिने निर्णय गरेको हो । सहरी विकास मन्त्रालय मार्फत निर्माण हुन लागेको सामूहिक आवास निर्माणको जिम्मा समितिले सेनालाई दिने निर्णय गरेको हो ।
ओखरपौवाको कागतीगाउँ, थानसिं गाविसको छहरेबजार आसपास, बेतिनी गाविसको झगरेफाँट दोभान वा राउतबेंसी गाविसको मानेडाँडा, शिखरबेंसी गाविसको ठूलीखेत दुप्चेश्वर जाने बाटो, काहुले गाविसको वडा नंं ४ गुम्बुडाँडा, बुधसिं गाविस वडा नं ४ को चण्डी माविको पुरानो परिसर र बसुन्चेत गाविसको मेघाङचौरमा सामूहिक आवास निर्माण गर्न लागिएको हो ।
प्रजिअ पोखरेलका अनुसार जिल्लाका बाँकी तीन स्थानमा सहरी विकास मन्त्रालय अन्र्तगतको जिल्लास्तरीय कार्यक्रम समन्वय एकाइ मार्फत सामूहिक आवास निर्माणको प्रक्रिया अघि बढिसकेको छ ।
सेनाले निर्माण गर्ने सामूहिक आवास भवन निर्माणका लागि आवश्यक जग्गा पहिचानका लागि श्रीनाथ गणसहित भवन डिभिजन कार्यालय र मालपोत कार्यालयको समन्वयमा अवलोकन र जाँच निरीक्षण गर्नेसमेत निर्णय गरिएको छ । आउँदो बर्खालाई ध्यानमा राख्दै बैठकले विपद्पूर्व तयारीका लागि गत वर्ष प्राप्त सामग्रीको विवरण तयार पार्ने र आवश्यक पूर्वतयारी गर्ने समेत निर्णय गरिएको छ । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter