गणेशमान सिंहको स्मृतिमा प्रजातन्त्र पुरस्कार स्थापना

Ganesh Man Singhकाठमाडौँ, ३ कात्तिक । गणेशमान सिंह फाउन्डेसनले गणेशमान सिंहको स्मृतिमा प्रजातन्त्र पुरस्कार स्थापना गरेको छ ।

फाउन्डेसनका अध्यक्ष प्रकाशमान सिंहको अध्यक्षतामा आज बसेकोे कार्यकारी समितिको बैठकले सर्वमान्य नेता सिंहको जन्मशताब्दी वर्षको अवसरमा पुरस्कार स्थापना गर्ने निर्णय गरेको अध्यक्ष सिंहका प्रेस सहयोगी युपी लामिछानेले जानकारी दिनुभयो ।

रु २० लाखको अक्षयकोष राखेर स्थापना गरिएको पुरस्कार प्रजातन्त्रको सम्बद्र्धन र मुलुकको समृद्धिका लागि योगदान पु¥याएका व्यक्तिलाई प्रत्येक वर्ष सो अक्षयकोषबाट आउने ब्याजबाट दिइनेछ ।

विसं १९७२ कात्तिक २४ गते जन्मनुभएका गणेशमान सिंहको गतवर्ष कात्तिक २४ देखि जन्मशताब्दी वर्ष प्रारम्भ भएको र यही कात्तिक २३ गतेसम्म सञ्चालन हुनेछ । फाउन्डेसनलगायत विभिन्न सङ्घसंस्थाले जन्मशताब्दीको सन्दर्भमा एक वर्ष भरी विभिन्न कार्यक्रम गर्दै आएका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter