उपराष्ट्रपतिद्वारा पद तथा गोपनीयताको शपथ, पदभार ग्रहण ; राष्ट्रपतिका उम्मेदवार गुरुङबाट धन्यवाद

Vice President Punकाठमाडौँ, १५ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित उपराष्ट्रपति नन्दबहादुर पुनलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्ती, प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, उपप्रधानमन्त्री कमल थापा, विजयकुमार गच्छदार र टोपबहादुर रायमाझी, पूर्वप्रधानमन्त्री, मन्त्री, सांसद, उद्योगीव्यवसायी एवम् यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।

पुन व्यवस्थापिका–संसद्बाट शनिबार उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । पुनले अपराहृन बहादुर भवनस्थित उपराष्ट्रपति कार्यालयमा पुगेर पदभार ग्रहण गरेका छन् ।

पुनको पदभार ग्रहण लगतै निवर्तमान उपराष्ट्रपति परमानन्द झालाई विदाइ समेत गरिएको छ । सरकारी आयोजनामा भएको विदाइ कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले झालाई बुद्धको मूर्ति उपहार दिएका छन् । एमालेसहित सत्ता गठवन्धनको समर्थनमा पुन शनिबार उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए ।

त्यसैगरी, राष्ट्रपतिको निर्वाचनमा पराजित कुलबहादुर गुरुङले राष्ट्रपतिमा विजयी विद्यादेवी भण्डारी र उपराष्ट्रपतिमा नन्दबहादुर बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।

आज विज्ञप्ति जारी गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुङले आफूलाई मतदान गर्ने व्यवस्थापिका–संसद्का सबै सांसदलाई धन्यवाद दिनाका साथै राष्ट्रपतिको उम्मेदवार बनाएकामा काँग्रेसका सभापति र केन्द्रीय कार्यसमितिका सदस्यप्रति समेत आभार र धन्यवाद प्रकट गर्नुभएको छ ।

आगामी दिनमा पनि राष्ट्र, राष्ट्रियता र नेपालीको बृहत्तर एकताका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दै उहाँले आफूप्रति अगाध माया र स्नेह राख्नुभएका स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रति पनि नेता गुरुङले धन्यवाद व्यक्त गर्नुभएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter