धानले भाउ पाएपछि कृषक उत्साहित

 

rice plant

पाँचथर, । इन्धन अभावको कारण खाद्यान्नको मूल्य बढ्न थालेपछि सुदूरपूर्वी पहाडी जिल्ला पाँचथरका कृषकले उत्पादन गरेको धानले भाउ पाउने भएको छ ।

विगतका वर्षमा धानले खासै भाउ नपाउँदा निरास बन्ने गरेका कृषक यस वर्ष सीमामा देखिएको समस्याका कारण अधिकांश चामालको मूल्य बढेपछि धानले भाउ पाएको कृषक बताउँछन् । थर्पुका कृषक चन्द्रमणि बाँस्कोटाले भन्नुभयो, “गत वर्ष धान सस्तैमा बिक्री गरेका थियौँ, यस वर्ष इन्धन अभावले गर्दा तराईको चामल र पहाडको चामलभन्दा महँगो हुने भएपछि मानिसले धानै किन्न थाले ।”

गत वर्ष धान रु एक हजार २०० प्रतिमन बिक्री गरेका कृषक यस वर्षको यामको सुरुआतमै रु एक हजार ५०० देखि एक हजार ८०० सम्ममा बिक्री गर्न सफल भएका छन् । जिल्लाका सराङडाँडा, नाँगिन, थर्पु, नाँगी, याङ्नाम, मेमेङ, प्राङबुङ, सिदिन, च्याङ्थापु, फलैँचा लगायत गाविसमा उत्पादन हुने धान प्रायः जिल्लामै खरिदबिक्री हुने गर्छ । यस्तै पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, इलामका कृषकले उत्पादन गरेको धानले पनि भाउ पाएको छ ।

प्रायः अहिले बजारमा इन्धनको अभाव देखाउँदै अधिकांश खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको मूल्यमा व्यापारीले ४० प्रतिशत मूल्य वृद्धि गरेका छन् । केही समयअघिसम्म रु एक हजार ५०० प्रतिमनमा बिक्री भइरहेको जिरा चामल अहिले रु दुई हजारसम्ममा बिक्री भइरहेको छ । यस्तै गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा समेत वृद्धि हुने जिल्ला कृषि विकास कार्यालय पाँचथरले जनाएको छ ।

धान रोप्ने बेलामा पर्याप्त वर्षात भएकाले यस वर्ष धान उत्पादनमा वृद्धि हुने कार्यालय प्रमुख बेनु प्रसार्इंले जानकारी दिनुभयो । कुल क्षेत्रफलको ९० प्रतिशत जमिनमा अर्थात् १० हजार ३५० हेक्टर क्षेत्रफलमा रोपाइँ भएको कार्यालयको तथ्याङ्कमा छ । यस्तै गत वर्ष भने नौ हजार २०० हेक्टर जमिनमा रोपाइँ भएको थियो, जसबाट १९ हजार ९२३ मेट्रिक टन धान उत्पादन भएको थियो । पाँचथर जिल्लाको धानयोग्य कुल क्षेत्रफल ११ हजार ५०० हेक्टर रहेको कार्यालयले जनाएको छ । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter