संविधान घोषणा गर्दा छिमेकीलाई चित्त दुख्न नपर्ने ः नेता पोख्रेल

ishwar-pokhrel

नेकपा (एमाले) का महासचिव ईश्वर पोख्रेलले नेकपा (एमाले) भित्र रहेको गुटउपगुट र मनमुटावलाई अहिले दिगोरुपमा त्यागेर राष्ट्रिय एकता कायम गर्न पार्टीले नयाँ उचाइमा पुग्न जरुरी रहेको बताउनुभएको छ ।

महासचिव पोख्रेलले नेकपा (एमाले) मकवानपुरको दशौँ जिल्ला अधिवेशनको आज हेटौँडामा उद्घाटन गर्दै नेपाली जनताको चाहनाअनुरुप सार्वभौम संसद्ले अहिले नयाँ संविधान घोषणा गर्दा दुवै छिमेकीलाई चित्त दुख्न नपर्ने र सरकारले पनि रिजाउन नपर्ने स्पष्ट पार्नुभयो ।

उहाँले अहिले देशमा भोग्नुपरेको कठिनाइलाई अब राष्ट्रलाई दिगो रुपमा आत्मनिर्भर र स्वावलम्बी बनाउनेतर्फ सबै दलहरुसँग राष्ट्रिय एकता कायम गरेर सरकार अघि बढ्नुपर्दछ भन्नुभयो ।

महासचिव पोख्रेलले राष्ट्रको सार्वभौम राष्ट्रिय अखण्डता र सामाजिक सद्भाव खल्बलिने गरी कुनै दल वा समूहसँग सरकारले सम्झौता गर्न नहुने उल्लेख गर्दै संविधानको परिधिभित्र रहेर सबै नेपालीलाई समेट्ने र चित्तबुझ्दो खालको सम्झौता गर्न सकिने दृढता व्यक्त गर्नुभयो । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter