एनआरएनले भूकम्प प्रभावित जिल्लामा एक हजार घर बनाउने

nrn

 

काठमाडाँै, २२ मङ्सिर । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष शेष घलेले आज भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितका सरकारी अधिकारीसँग पुनःनिर्माण योजनाबारे छलफल गर्नुभएको छ ।

भूकम्प प्रभावितलाई एक हजार घर निर्माण गर्ने तयारी गरिरहेको गैरआवासीय नेपाली सङ्घले सिन्धुपाल्चोकमा घर निर्माणस्थल छनौट गर्ने योजनासहित सरकारी अधिकारीलाई भेट गरेको हो ।

सिन्धुपाल्चोकका निमित्त प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी र सहरी विकास विभागका प्रतिनिधिसँग एनआरएन टोलीले सामूहिक छलफल गरेको हो ।

सो अबसरमा सङ्घका अध्यक्ष घलेले दुई वर्षभित्र एक हजार आवास निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सहरी विकास तथा भवन निर्माण विभागसँग सम्झौता भइसकेको जानकारी दिँदै सिन्धुपाल्चोकमा कहाँ र कसरी एनआरएनले सहयोग गर्न सक्छ भनी सरकारी अधिकारीहरुलाई सोध्नुभएको थियो ।

सरकारले सिफारिस गरेको ठाउँमा मात्र सङ्घले पुनःनिर्माण अभियान थाल्ने भएकाले अति विपन्न र एकै ठाउँमा धेरै घरधुरी भएको गाउँ एनआरएनलाई जिम्मा दिन आग्रह गर्नुभएको थियो ।

सो अबसरमा निमित्त प्रमुख जिल्ला अधिकारी भरतप्रसाद आचार्यले सिन्धुपाल्चोकमा पुनःनिर्माण गर्ने सङ्घको योजनाप्रति आभार प्रकट गर्दै सकेसम्म दुर्गम ठाउँमा जान आग्रह गर्नुभयो ।

“धेरै सङ्घसंस्था सजिलो र सुगम ठाउँमै काम गर्न खोज्छन, तर गैरआवासीय नेपाली सङ्घले अतिविपन्न परिवार रहेका दुर्गम गाउँमा पुगेर पुनःनिर्माणको काम गरोस् भन्ने हाम्रो चाहना छ’ निमित्त प्रजिअ आचार्यले भन्नुभयो ।

सो अवसरमा स्थानीय विकास अधिकारी कृष्णबहादुर शाहीले सङ्घले थालेको पुनःनिर्माण अभियानमा आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।

सङ्घले रु ३५ करोडको लागतमा भूकम्पप्रभावित जिल्लामा एक हजार घर निर्माण गर्ने योजना बनाएको छ । सोहीबमोजिम सङ्घ र शहरी विकास विभागबीच सम्झौतासमेत भइसकेको छ । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter