वायु–सौर्य विद्युत् ऊर्जाले फेरियो भोर्लेनीको मुहार
पाँच किलोवाट क्षमताका दुईवटा पङ्खाबाट १० किलोवाट र १५ किलोवाटको सौर्य ऊर्जाको मिश्रित प्रणालीबाट उत्पादित विद्युत्् यहँँका १३१ घरपरिवारमा वितरण गरिएको छ । हाल बत्ती बाल्नका लागि मात्र उपयोग गरिएकोमा अब सौर्य प्रणालीलाई पनि जोडेपछि गाउँलेहरुले अन्य विद्युतीय उपकरण सञ्चालन गर्नसक्ने केन्द्रका प्राविधिक अधिकृत प्रकाश अर्याल बताउनुहुन्छ ।
परियोजनाबाट उत्पादित विद्युत््लाई १७ हजार एम्पिएर आवरको ब्याट्रीमा सङ्कलन गरी ३० केभीको ट्रान्सफर्मरमार्फत थ्री–फेजको लाइनबाट घरघरमा वितरण गरिएको छ । देशका अधिकांश डाँडामा मात्र नभएर गहिरा खोँचमा पनि प्रशस्त हावा चल्ने स्थानहरु रहेकाले वायु ऊर्जाको सम्भावना रहेको बताउँदै अर्याल भन्नुहुन्छ, “केन्द्रीय प्रसारण पु¥याउन नसकिने दुर्गम स्थानमा यस्ता प्रविधिको विस्तार गरी ऊर्जाको पहुँच पु¥याउन सकिन्छ ।”
वायु र सौर्य ऊर्जाको सम्मिश्रण गरी विद्युत् उत्पादन गरिएको यो देशको दोस्रो परियोजना भएपनि सरकार र समुदायको लगानीमा निर्माण गरिएको भने पहिलो ठूलो योजना हो । यसअघि नवलपरासीको धौवाडी गाविसमा एसियाली विकास बैंकको सहयोगमा केन्द्रले देशकै पहिलो १२ किलोवाट क्षमताको वायु तथा सौर्यउर्जा परियोजना निर्माण गरेको थियो ।
यस परियोजनाको सफलताको आधारमा देशका अन्य सम्भाव्य स्थानमा सौर्य÷वायु मिश्रित प्रणाली निर्माण गर्न सकिने र तत्कालै अछाम, सुर्खेत, सिन्धुलीमा स्थापना गर्न कार्य थालनी भइसकेको केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताल बताउनुहुन्छ । गाउँ नजिकै प्राधिकरणको केन्द्रीय लाइनसमेत पुगेको र सो स्थानमा हावाको उच्च चाप रहेकाले थप विद्युत्् उत्पादन गरी वरपरका गाउँमा पनि वितरण गर्ने र बढी भएको केन्द्रीय लाइनमा जोड्न सकिने सम्भावना रहेको उहाँको कथन छ ।
केन्द्रीय प्रसारणको लाइन गाउँनजिकै आएपनि विद्युत््को उपयोगबाट वञ्चित रहेका भोर्लेनीवासी आफूलाई प्रकृतिले मात्र होइन, राज्यले पनि ठगेको अनुभव गर्दथे । गाउँमा सक्नेले साना क्षमताका सोलार राखेर घर उज्यालो बनाएपनि अधिकांशको गुजारा टुकी बालेर नै हुँदै आएको थियो । रातको समयमा प्रशस्त हावा चल्ने भएकाले टुकीबाट गाउँमा बर्सेनि आगलागीका घटना हुने गरेको स्थानीयबासी गोरखबहादुर केसी बताउनुहुन्छ ।
गाउँमा बिजुली आएपछि राति अबेरसम्म घरधन्दा गर्न सजिलो भएको अनुभव सुनाउँदै स्थानीय धनकुमारी तिमिल्सिना भन्नुहन्छ, “अहिले बिजुली आएपछि त स्वर्गै पुगेजस्तो भएको छ । घरमा टेलिभिजन हेरेर देश विदेशको समाचार देख्न पाइएको छ ।” मोबाइल चार्ज गर्न पहिले पल्लो गाउँमा जानुपर्ने समस्या पनि टरेको बताउँदै उहाँ कञ्चनपुरमा रहेका छोराबुहारीसँग मोबाइलबाट कुरा गर्न पाउँदा धेरै खुसी लागेको छ, भन्नुहुन्छ ।
समुदायले नै अपनत्व गरी परियोजनाको दिगो सञ्चालनका लागि गाउँलेले मासिक रु ५०० महसुल निर्धारण गरेको सो परियोजनाका अध्यक्ष पद्मबहादुर घलानले जानकारी दिनुभयो । उहाँँले छिटै सौर्य प्रणालीबाट पनि उत्पादित विद्युत््लाई गाउँका अन्य घरधुरीमा पनि विस्तार गरी देशकै नमुना गाउँको रुपमा विकास गर्न लागिएको बताउनुभयो ।
गाउँलेहरुले यसपटकको तिहारमा देउसी भैलो खेलेर सङ्कलन गरेको करिब डेढ लाख रुपैयाँबाट विद्युत्् गृह निर्माण थालेका छन् । टर्वाइन, विद्युत््गृह र सौर्य प्रणाली राख्न करिब पाँच कट्ठा जमिन पनि अध्यक्ष घलानले निःशुल्क उपलब्ध गराउनुभएको छ । रासस