रु सात करोडको तेजपात उत्पादन

 tejpatta

 

गाईघाट(उदयपुर),। जिल्लाको मध्य, पूर्र्वी र पश्चिमी पहाडी क्षेत्रमा रु सात करोड बराबरको तेजपात उत्पादन भएको छ ।

जिल्ला वन कार्यालयका अनुसार जिल्लाको सिरिसे, हर्देनी, मयङखु, तावाश्री, डुम्रे, मुर्कची, साउने, खाँबु, भुटार, कटुन्जे, बबला, सिद्धिपुर र चौदण्डी क्षेत्रमा तेजपात उत्पादनमा वृद्धि भएको छ । करिब २५० हेक्टर क्षेत्रफलमा तेजपात उत्पादन हुँदै आएको सहायक वन अधिकृत लालबाबु यादबले जानकारी दिनुभयो ।

जिल्लाको रौता गाविसको मुकुची क्षेत्रमा सिनामोल अमला जातको तेजपात उत्पादन हुन्छ । यहाँ रु दुई करोड ५० लाखको तेजपात उत्पादन भएको स्थानीय व्यवसायी भरत थापाले बताउनुभयो । जिल्लामा सिनामोल अमला र सिनामोल टोलमाला जातका तेजपात उत्पादन हुँदै आएका छन् । स्थानीय बजारमा तेजपातको मूल्य प्रतिकिलो रु ४० देखि रु ६० सम्म रहेको छ ।

तेजपातको पात र बोक्रा औषधि, मसला तथा खाद्य पदार्थलाई सुगन्धित बनाउन प्रयोग हुन्छ भने यो जिल्लाको कटारी बजार हुँदै वीरगन्ज तथा विराटनगर भएर भारत निर्यात हुने गरेको छ । आर्थिक वर्ष २०७१÷७२ मा जिल्लाका ८ वटा नर्सरीबाट जिल्ला वन कार्यालयले तीन लाख ५० हजार तेजपातका बिरुवा वितरण गरेको थियो । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter