व्यवसायीले दुग्धजन्य वस्तुको मूल्य बढाउने

 milk

 

बाबियाचौर (म्याग्दी), ९ फागुन । सदरमुकाम बेनीका व्यवसायीले दुग्धजन्य वस्तुको मूल्य बढाउने भएका छन् ।

दुग्ध उत्पादन तथा डेरी व्यवसायी समितिका अध्यक्ष कोषानन्द आचार्यको अध्यक्षतामा शनिबार बेनीमा बसेको बैठकले आगामी चैत १ गतेदेखि लागु हुने गरी मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । देशभर समग्र वस्तुमा भएको मूल्यवृद्धिको असर कृषक र दुग्ध व्यवसायीमा परेकाले मूल्यवृद्धि गरेको समितिका सचिव यज्ञनाथ आचार्यले जानकारी दिनुभयो ।

किसानबाट हाल रु ६० प्रतिलिटरका दरले दूध खरिद गर्दै आएका व्यवसायीले उनीहरुलाई थप रु सात दिने निर्णय गरेका छन् । व्यवसायीले भने रु १० बढाएर दूधको बजारमूल्य प्रतिलिटर रु ८० पु¥याउने भएका छन् । चौबिस ल्याक्टो भएको दूध मात्रै खरिद बिक्री गर्ने निर्णय भएको सचिव आचार्यले बताउनुभयो । प्रतिलिटर दहीको मूल्य १००, घीउ रु एक हजार १०० र पनिरको मूल्य रु ९०० तोकिएको छ । यस्तै आइसक्रिम प्रतिलिटर रु १००, कुराउनी प्रतिकिलो रु एक हजार र लप्सी प्रतिगिलास रु ४० मा बिक्री गर्ने निर्णय गरिएको छ । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter