प्रहरीकै आडमा बालुवा चोरी

 metiral

भक्तपुर, १६ फागुन । भक्तपुर र काठमाडाँैको सिमानाका रुपमा रहेको मनोहरा खोला तथा त्यस आसपासका क्षेत्रबाट प्रहरीकै आडमा व्यापक रुपमा बालुवा चोरी हुने गरेको छ ।

बालुवा चोरी हुने गरेको विषयमा स्थानीयले महानगरीय प्रहरी वृत्त थिमिमा उजुरी गर्दा प्रहरीले बेवास्ता गर्दै आएको छ । प्रहरी वृत्त थिमिकै आडमा बालुवा तस्करी हुने गरेको स्थानीयवासीले आरोप छ । मनोहरा खोलाको पेप्सीकोला र सानोठिमी जोड्ने पुलदेखि माथि अधिकांश क्षेत्रमा बालुवा चोरी हुने गरेको छ । त्यहाँबाट निकालिएको बालुवा काठमाडाँै तथा थिमिको बाटो हुँदै तस्करीले लैजाने गरेको स्थानीयवासी रामशङ्कर थापा बताउनुहुन्छ ।

“प्रहरीले दिनरात हुने बालुवा चोरी नियन्त्रणमा बेवास्ता गर्ने गरेको छ” उहाँले भन्नुभयो । तस्करसँग बालुवा निकाल्न रोक्न आग्रह गर्दा उल्टै धम्की आउने गरेको श्रेष्ठको भनाइ छ । बालुवा चोरीका कारण मनोहरा खोला भासिनुका साथै नजिकका खेतीयोग्य जमिन समेत नष्ट भएको छ । बालुवा झिक्दा वर्षामा बाढी आएर खेतीयोग्य जमिन बगाउने गरेको छ ।

प्रहरी खोलामै जाने तर बालुवाका ट्रक भने नियन्त्रणमा लिने गरेका छैनन् । महानगरीय प्रहरी वृत्त थिमिकै बाटो भएर बालुवाकै ट्रक ओहोर–दोहोर गर्ने भए पनि प्रहरीले बेवास्ता गर्ने गरेको स्थानीयवासीको आरोप छ । खोलामा बालुवा झिक्नेलाई कारबाही गर्ने गरेको महानगरीय प्रहरी वृत्त थिमिले जनाएको छ । प्रहरीले डोकामा बालुवा झिक्ने सामान्य व्यक्तिलाई समाउने तर ट्रकमा ओसार्नेलाई छाड्ने गरेको छ । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter