स्विट्जरल्यान्डकी डाक्टरले बाबुको डायरीमा जाजरकोट देखेपछि

 jajarkoti

 

जाजरकोट, २० चैत । साठी वर्षअघि जाजरकोट आएका बेला विश्व चर्चित लेखक तथा भूगर्भविद् टोनी हेगनले आफ्नो डायरीमा यहाँका जनताले भोगिरहेका समस्याको विषयमा लेखेको देखेपछि उहाँकी छोरी अहिले डाक्टरका साथ जाजरकोट पुगेकी छिन् ।

हेगनले डायरीमा लेख्नुभएको थियो– “जाजरकोट गरिब छ, जनता विपन्न छन्, स्वास्थ्य र शैक्षिक अवस्था निकै कमजोर छ, यसैले यहाँको विकासका लागि सडक अनिवार्य छ, सडकमात्र भएर हुँदैन, गाडी पुगेपछि गाडीले सहरसम्म लैजाने उत्पादन पनि जाजरकोटीले गर्नुपर्छ ।”

जाजरकोटबाट काठमाडौँ हुँदै आफ्नो देश स्वीट्जरल्यान्ड फर्किएपछि उहाँले छोराछोरीलाई आफूले देखेको दुःख वर्णन गर्नुभएको उहाँकी छोरीले बताउनु भयो । उहाँले छोराछोरीसँग भन्नुभएको थियो– “प्रकृतिले जाजरकोटलाई सुन्दर बनाएको छ, जाजरकोटका जनता मिलनसार छन् तर, विकास र भूगोलले उनीहरूको प्रगतिमा ठगेको छ, त्यसैले हामीले उनीहरूका लागि केही गर्नुपर्छ” । बुबा टोनी हेगनको मुखबाट यो कुरा सुनेको ५० वर्षपछि उहाँकी छोरी क्यार्थिन बुबाको इच्छा पूरा गर्न जाजरकोट आइपुगेकी हुन् । आफ्नै संस्थाको सहयोगमा पाँचदिने हाडजोर्नी तथा नसासम्बन्धी निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गर्न हेगनपुत्री क्यार्थिन शुक्रबार जाजरकोट आएकी हुन् ।

क्यार्थिन हाडजोर्नी तथा नसा रोग विशेषज्ञ हुन् । हाडजोर्नी र नसा विज्ञ छ नेपाली चिकित्सकसहित १८ जनाको टोली लिएर क्यार्थिन जाजरकोट आएकी छन् । उनको टोलीले बिरामीको उपचार गरिरहेको छ । क्यार्थिनले जाजरकोट आएर बुबाको इच्छा पूरा गर्न सकेकामा निकै खुसी लागेको बताउनु भयो ।

“म स्वीट्जरल्यान्डमा हुँदा बुबाले यहाँकाबारेमा धेरै कुरा बताउनुभएको थियो । जाजरकोटका लागि केही गर्ने इच्छा छ भन्नुहुन्थ्यो– “त्यसैले उहाँको इच्छा पूरा गर्न यहाँ आएकी हुँ ।” शुक्रबार शिविर उद्घाटनका क्रममा उहाँले भन्नु भयो । चार वर्षअघि आफूले सुरु गरेको मेड सोलुसन्स फाउन्डेसन नामक संस्थाको आर्थिक सहयोगमा शिविर चलाउन उनी जाजरकोट आएकी हुन् ।

क्यार्थिनले उनका बुबाले वर्णन गरे जस्तै जाजरकोट सुन्दर रहेको बताउनु भयो । अहिलेसम्म तीन पटक नेपाल आउनु भएकी क्यार्थिन पहिलो पटक सानी छँदा बुबासँग आएको स्मरण गर्नु हुन्छ ।

मेड सोलुसन्स फाउन्डेसनको सहयोगमा जिल्ला अस्पतालमा मङ्गलबारसम्म सञ्चालन हुने शिविरमा ७० जना हाडजोर्नी तथा नसा बिरामीको शल्यक्रिया गरिनेछ । दुई हजारभन्दा बढीलाई विभिन्न प्रकारको औषधि तथा परामर्श सेवा उपलब्ध गराउने कायक्रम रहेको नेपाल अर्थाेपेडिक अस्पताल, जोरपाटी, काठमाडौँका निर्देशक राजेश महर्जनले जानकारी दिनुभयो ।

सकेसम्म जिल्लामै शल्यक्रिया वा अन्य उपचार गरेर हाडजोर्नी तथा नसा रोगीलाई निको पार्ने नभए काठमाडौँ लगेर भए पनि निःशुल्क उपचार व्यवस्था मिलाइने उहाँले जानकारी दिनुभयो ।

शिविरको पूरै खर्च हेगन पुत्री क्यार्थिन संस्था मेड सोलुसन्स फाउन्डेसन, स्वीट्जरल्यान्डले व्यहोर्ने छ । शिविर खर्च रु २९ लाख हुने अनुमान छ ।

रोटरी इन्टरनेसनलले पनि केही सहयोग उपलब्ध गराएको निर्देशक महर्जनले बताउनुभयो । शिविरबाट जाजरकोट, रुकुम, सल्यान, सुर्खेत र डोल्पा जिल्लाका बिरामी लाभान्वित हुने यो कार्यक्रममा समन्वय गरिरहेको संस्था पाँच तारा युवा संरक्षक मञ्च अध्यक्ष छवि पन्तले बताउनुभयो । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter