डा रामप्रसाद ज्ञवालीको ‘हिँडी रहूँ हिँडी रहूँ ’ विमोचित

ram.1

 

काठमाडौँ, २७ चैत । साहित्कार डा रामप्रसाद ज्ञवालीको यात्राकाव्य ‘हिँडी रहूँ हिँडी रहूँ’ आज विमोचन गरिएको छ ।

राजधानीमा भानु प्रतिष्ठानद्वारा आयोजित एक कार्यक्रममा सिर्जनशील साहित्य लेखन मञ्च सिक्किमका अध्यक्ष टीका गुरुङ र प्रतिष्ठानका अध्यक्ष प्रा डा व्रतराज आचार्यले संयुक्त रुपमा कृतिको विमोचन गर्नुभयो ।

साहित्यकार तथा नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले साहित्यका लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताका पक्षमा डा ज्ञवालीका रचनाले विशेष योगदान पु¥याएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – “आजको साहित्य यात्रा र जिन्दगीलाई जोडेर उज्यालोतर्फ अगाडि बढ्नुपर्छ ।”

उहाँले नेपाल र भारत सीमामा विभाजित भए पनि साहित्यिक पक्षले एक बनाएको चर्चा गर्नुभयो ।

सिर्जनशील साहित्य लेखन समाजका अध्यक्ष टीका गुरुङले आदिकवि भानुभक्तको द्विशताब्दीको अवसरमा दुई मुलुकमा रहेका नेपालीले मिलेर काव्य रचना गरी उहाँप्रतिको सम्मान हुने विचार राख्नुभयो ।

साहित्यकार तथा समालोचक प्रा हेमचन्द्र नेपालले डा ज्ञवालीको यात्राकाव्य अँध्यारोलाई चिर्दै समाजमा उज्यालो छर्नमा केन्द्रित रहेको बताउनुभयो ।

लेखक डा रामप्रसाद ज्ञवालीले अबको काव्य लेखन आत्मसन्तुष्टिका लागि मात्र नलेखी समाज परिवर्तनका लागि लेखिनुपर्ने बताउनुभयो ।

सो कृति सिर्जनशील साहित्य लेखन मञ्च जोरथाङ सिक्किमले प्रकाशन गरेको हो । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter