छोरो टोकुवाको आरोपसँगै गममायालाई घरबाट निकालियो

 (प्रशन्न पोखरेल)gmamaya

बारपाक (गोरखा), २ वैशाख । ‘छोरो टोकिस्, घरबाट निस्किहाल । जहाँ मनलाग्छ जा । हाम्रो वरिपरि देखा नपर । मरे मर बाँचे बाँच, घर फर्के
र नआएस् ।’ बारपाक–७ की गममाया गुरुङलाई सासू ससुराले छोरो टोकेको भन्दै यसरी अपमान गरे र घरबाट निकाले । भूकम्पमा परी श्रीमान् बितेको पीडा एकातिर थियो, अर्कातिर गर्भवती उनी भूकम्पमा परी आफैँ घाइते थिइन् ।

उनका श्रीमान् २६ वर्षीय बुरबहादुर गुरुङ वडा नं ४ मा घर बनाउन मेला गएका थिए । घरको धुरी मार्ने काम भइरहेको थियो । एक्कासि भूकम्पले हल्लायो । घर भत्कियो । सुरक्षित ठाउँमा जान नसक्दा बुरबहादुरसँगै अरु कामदारले पनि ज्यान गुमाए ।

श्रीमान्को मृत्युको खबरले मुर्छित २३ वर्षीया गममायालाई परिवार, छरछिमेकको सान्त्वना र सहयोगको खाँचो भए पनि कसैले सहयोग गरेनन् । बरु ‘लोग्ने टोक्वा’ को आरोपसँगै घर निकालाको सजाय पाइन्, उनले ।

जेठ ११ मा उनलाई अर्को बित्यास् आइलाग्यो । बिहानैदेखि बेथाले च्याप्यो । अस्पतालसम्म पु¥याउने कोही भेटिएनन् । पीडाका बीच उनले छोरो जन्माइन् । परिवारको सहयोग नपाए पनि माइती पक्षको सहयोगले छोरो हुर्काएकी छिन् । छोराको नाम भीमबहादुर हो ।

सासू काली र ससुरा सन्तबहादुरले घर निकाला गरेपछि उनी बारपाक–४ स्थित माइतीको टहरोमा शरण लिँदै आएकी छिन् । विपद्को भरपर्दो सहयात्री उनले माइती खलक भेटिन् । माइतमा सबैले माया गरेर पाले पनि उनलाई घर र श्रीमान्को यादले सताउँछ ।

भूकम्पमा परी मृत्यु भएकाहरुको परिवारलाई सरकारले राहत वितरण सुरु ग¥यो । रु ४० हजार किरिया खर्चसहित रु एक लाख ४० हजार राहत आयो । सासू ससुराले राहत बुझे । “सरकारले दिएको राहत पनि सासू ससुराले खोसे,” उनले भनिन् – “त्यो पैसा हात परेको भए छोराको भविष्य बन्थ्यो ।” छोरो हुर्काएर पढाउन पैसा चाहिने उनको भनाइ छ ।

बारपाक केन्द्रविन्दू भई भूकम्प गएको पनि एक वर्ष भयो । वर्ष बिते पनि गममायाको पीडा जस्ताको त्यस्तै छ । न त बस्ने घर छ, न त आफ्नो नाउँमा जग्गा, जमिन । आँखामा आँसु लिएर सरकारको बाटो हेर्नबाहेक अरु केही गर्न सक्दिनन् उनी । “थाहै नपाई मुर्छा हुँदोरहेछु,” उनले भनिन् – “तनावका बीच बाँचिरहेको छु, केवल छोराका लागि । उसको सुन्दर भविष्यका लागि ।” उनले काम गरेर खान त सक्छिन् तर छोरा सानो हुँदा कसैले काममा बोलाउँदैनन् ।

“सासू ससुराले ‘आमा, छोरा अलच्छिना’ भन्छन्”, उनले पीडा पोखिन् – “उहाँहरुसँग मुखमुखै लाग्न मनले दिँदैन ।” घर निकाला गरेपछि फर्केर एकपटक पनि घर नगएको भन्दै उनले छिमेकीसँग सोधेर सासू ससुराको हालखबर बुझ्दै आएको बताइन् । एकपछि अर्को पीडाले मानसिक आघात परे पनि एक वर्षको अवधिमा मनोपरामर्श दिने कोही भेटिएन ।

उद्धार, राहत र पुनःनिर्माणको चरणसम्म पुग्दा उनले केही सहयोग पाइनन् । “श्रीमान् गुम्यो मेरा सबै थोक गुमे,” उनले भनिन् – “उसको नासो हुर्काएर ठूलो बनाउँछु ।” गाउँ पुनःनिर्माणका बेला नयाँ घर बनाउन अनुदान रकम आउने पक्कापक्की भए पनि उनको नाउँमा लालपुर्जा छैन । “हामी त सुकुम्बासी हुने भयौँ,” उनले भनिन् । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter