विधिपूर्वक दसैँघरमा फूलपाती भित्र्याइयो

fulpati-for-dashainकाठमाडौँ, २२ असोज । बडादसैँको नवरथाको सप्तमीका दिन हनुमानढोका दरबारस्थित दसैँघरमा यस वर्षका लागि आज फूलपाती भित्र्याइएको छ ।

सरकारी कर्मचारी, हनुमानढोका दरबार हेरचाह अड्डाका प्रतिनिधि तथा विभिन्न सांस्कृतिक बाजागाजा, सुरक्षाकर्मीको लावा लस्करसहित जमलबाट फूलपाती हनुमानढोका ल्याइएको हो ।

प्रत्येक वर्ष फूलपातीका दिन राजकीय सम्मानका साथ फूलपाती भित्र्याइने परम्पराअनुसार सो अवसरमा गुर्जुको पल्टनले तोप पड्काएको थियो ।

कार्यालयका निर्देशक सरस्वती सिंहले अघिल्लो दिन हनुमानढोकाका केही प्रतिनिधिलाई फूलपाती लिन धादिङको जीवनपुर पठाइएको जानकारी दिँदै उनीहरूले आज बिहान आँप, चाँप, धानको बाला, रङ्गीचङ्गी फूल, असुरोको पात, बेलको पातसहित फूलपाती जमल ल्याएको बताउनुभयो ।

हनुमानढोकाबाट फूलपाती लिन धादिङ गएका प्रतिनिधिले अघिल्लो दिन राति त्यहाँ बोका, भेडालाई बलि दिएर परम्परागतरूपमा भोज खाएपछि फूलपाती काठमाडौँमा ल्याउने परम्परा छ ।

मल्लकालीन समयदेखि चल्दै आएको फूलपाती भित्र्याउने सो परम्परालाई आधुनिक नेपालको विकास भएपछि शाहवंशीय शासनकालमा निरन्तरता दिँदै गोर्खाबाट समेत फूलपाती ल्याएर दसैँ घरमा मिसाउने गरिएकोमा अहिले पनि सोही परम्परालाई कायम गरिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter