रेमिट्यान्सले फेरियो दलित बस्तीको मुहार

remittanceबेनी, ६ कात्तिक : घरमा आर्कषक टिभी, गोठमा दुहुनो भैसी र बैंकमा पैसा। केही वर्ष अगाडिसम्म म्याग्दीको पुलाचौर पुरुन्नेका दलित समुदायलाई यो सपना जस्तै लाग्थ्यो।

आर्थिक अवस्था कमजोर भएकै कारण दैनिक ज्याला मजदुरी गरेर घरखर्च चलाउने गरेका बेनीनगरपालिका–११ पुरुन्नेका दलितको दैनिकीमा अहिले परिवर्तन आएको छ।

गाउँबाट धमाधम वैदेशिक रोजगारमा जानेको लर्को लाग्न थालेपछि पुरुन्नेवासीको हातमा मोबाइल, घरमा महँगो टिभी र सहर बजारमा घरघडेरी समेत छन्।

आर्थिक अवस्था अत्यन्त कमजोर भएपछि छिमेकीको घरमा भाडा, दैनिक मजदुरी गरेर गास जुटाउने गरेका महिला छोरालाई ऋण खोजेर विदेश पठाएको केही वर्षमै गाउँमा आफ्नै घरसहित आधुनिक सुविधा उपभोग गरिरहेका छन्।

गाउँघरमा दैनिक समय काट्ने गरेका युवा विदेश गएर धमाधम रेमिट्यान्समार्फत पैसा पठाउन थालेपछि पुरुन्नेमा व्यक्तिगत जीवनस्तरका साथै सरसफाइमा समेत परिवर्तन भएको पुरुन्नेका अगुवा टीकाराम परियारले बताए।

एक सय तीन घरधुरी रहेको पुरुन्नेका अधिकांश घरबाट खाडीमुलुक कतार, साउदी अरब, बराइन, मलेसिया, भारतलगायतका देशमा गएपछि गाउँको रुप फेरिएको छ। आर्थिकस्तरमा परिवर्तन भएसँगै सरसफाइसहित जनचेतनामूलक कार्र्यमा समेत गाउँले सक्रिय रहेका छन्। पुरुन्नेमा मासिक १० लाख रुपैयाँ बढी रेमिट्यान्सबापतको रकम भित्रिने गरेको स्थानीयले बताएका छन्।

आर्थिकस्तरमा परिवर्तन भएपछि सरसफाइ, नयाँ प्रविधिको प्रयोग, शिक्षादिक्षामा समेत सहज भएको छ। बालबालिकाले समेत निजी तथा गाउँकै सामुदायिक विद्यालयमा समेत उत्कृष्ट अङ्क ल्याउन सफल भएका छन्। श्रीमान् विदेश गएपछि महिलाले गाउँमा फेन्सी, सिलाइकटाइ, खुद्रा पसलसहित विभिन्न स्वरोजगारमूलक काम गरिरहेका छन्। रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter