विश्वकप छनोट क्रिकेटः नेपालले पपुवा न्यूगिनीलाई हरायो
काठमाडौं । विश्वकप छनोट क्रिकेट अन्तर्गत आज भएको खेलमा नेपालले पपुवा न्यूगिनीलाई हराएको छ ।
दिपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनसँगै नेपालले पपुवा न्यूगिनीमाथि ६ विकेटको जित हात पारेको हो । पपुवा न्यूगिनीले दिएको ११५ रनको चुनौतीलाई नेपालले मात्र २३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो । पपुवा न्यूगिनीको चार विकेट लिलुका साथै अर्धशतक पारी खेलेका ऐरीले छक्का हान्दै ५० रन पुरा गरेका थिए ।
खेलमा नेपाली बलरहरु हाबी भएका थिएभने पपुवा न्यूगिनीका ब्याट्सम्यानहरुले ठूलो पारी खेल्न सकेनन् ।