रातो मछिन्द्रनाथको रथ मङ्सिर २६ मा पाटनमा

Machindranath Jatraललितपुर, मङ्सिर १८ गते । रातो मछिन्द्रनाथको रथलाई यही मङ्सिर २६ गते पाटन ल्याइने भएको छ । गत बिहीबार मछिन्द्रनाथका ज्योतिष खलकले हेरेको साइतअनुसार बुङ्मतिमा रहेका देवता पाटन ल्याउने साइत जुरेको हो ।

ज्योतिषले निकालेका साइतका आधारमा मिती तय भएको गुठी संस्थान ललितपुर शाखाले जनाएको छ । स्नान पर्व(नुहाउने पर्व), यचिक त्याग(पवित्र पार्ने काम), चा पूजा(माटो पूजा) र पीठ पूजा(पछाडिको पूजा) को साइत ज्योतिषले निकालेका हुन् । देवता पाटन ल्याएपछि माघ ३ गते स्नान पर्व, माघ ११ गते यचिक त्यगु, माघ २९ गते चा पूजाको साइत निस्केको छ ।

फागुनको १८ गते पीठ पूजाको साइत निस्केको छ । शाखाका प्रमुख शैलेन्द्र पौडेलले भन्नुभयो, “सबै सर्वसञ्चालनका लागि हामीले आवश्यक तयारी शुरु गरिसकेको छौं ।” ज्योतिष कीर्तिकिरण जोशी र पूर्ण मङ्गल जोशीले मङ्गलवजारस्थित सोह्खुट्टे पाटीमा बसेर साइत हेर्नुभएको हो । साइत हेर्ने परम्परामा भने धेरै परिवर्तन आइसकेको ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताउनुभयो ।

सोह्रखुट्टेपाटीमा हिरण्यवर्ण महाविहारका ३२ जना पूजारी पुग्थे । विस्तारै १६ हुँदै अहिले एकजना पनि पूजारी त्यहाँ आउँदैनन् । पहिले साइत हेर्न चार ज्योतिष हुनुप¥थ्यो । वाचक, लेखक, स्रोता र दर्शक गरेर गुठी संस्थानमा चार ज्योतिषको दरबन्दी छ । नयाँ नियुक्ति नगर्दा वषौँंदेखि दुई ज्योतिषले मछिन्द्रनाथको साइत हेर्दै आएका छन् ।

ज्योतिष जोशीले भन्नुभयो, “महत्व नबुझ्दा जात्राका कतिपय कुरा खुम्चिदै छ ।”साइत हेर्नका लागि बिहीबार शुभ मानिन्छ । महीनाको हिसाबले पनि मछिन्द्रनाथको कुनै पनि काम पुस महीनामा गर्न शुभ मानिदैन । त्यसैले, अधिकांश वर्षमा मङ्सिर महीनामा नै साइत हेरिसक्ने गरिएको छ ।

उपत्याकाको सबैभन्दा लामो जात्राका रुपमा रहेको रातो मछिन्द्रनाथको जात्राको अवधि झण्डै छ महीना हुन्छ । बुङ्मतिमा केही पर्व भए पनि पाटनमा ल्याएपछि नै रातो मछिन्द्रनाथको जात्रा शुरु भएको मानिन्छ । मछिन्द्रनाथको विभिन्न पूजाविधिका लागि ३१ पानेजु हुन्छन् । उनीहरुले विधिपूर्वक पूजा गरेर देवता पाटनमा ल्याउँछन् । पानेजुहरु पालैपालो देवता बोक्छन् । पौडेलले भन्नुभयो, “एक वर्ष एकजना पानेजुको पालो परेपछि अर्काे वर्षमा अर्कैको पालो हुन्छ ।”

बुङ्गमतिको मुख्य बाटोबाट नै देवतालाई खटमा बोकेर पाटन ल्याइन्छ । हरेक बाह्रवर्षमा हुने जात्रामा भने पुरानो बाटो (जुन बाटो अहिले चलनचल्तीमा छैन) बाटै ल्याउने गरिएको छ । पानेजु सङ्घको नियमअनुसार नै उनीहरुले मन्दिरमा पालो बस्ने, देवता बोक्नेलगायतका काम पालो गर्छन् । मछिन्द्रनाथलाई पाटन ल्याउनका लागि विभिन्न खालको तयारी गरिनछ । देवताको आवरण फेर्ने, शृङ्गार गर्नेलगायतका काम हुन्छ । त्यही दिन बिहान कर्ता, जजमान, पानेजु मिलेर मछिन्द्रनाथको विधिपूर्कक पूजा गर्छन् ।

मछिन्द्रनाथको जात्राका लागि दुई पटक साइत हेरिन्छ । पहिलो पटक बङ्ंमतिमा रहेका देवता पाटनमा ल्याउनका लागि र दोस्रो पटक रातो थट्टिटोलमा रहेका देवतालाई जावलाखेल लैजान साइत हेरिन्छ । पहिले चार ज्योतिष हुँदासम्म चार कुनामा बसेर साइत हेर्ने गरेका थिए । पुल्चोकबाट रथयात्राको शुरु गर्दा पनि साइत हेरिन्छ । त्यतिबेला सोह्रखुट्टे पाटीमा नभएर ज्योतिषले घरमा नै बसेर साइत हेर्छन् । प्रमुख पौडेलले भन्नुभयो, “हामीले यहाँबाट पत्र दिएपछि ज्योतिषले घरमा बसेर नै साइत हेरेर हामीलाई जानकारी दिनुहुन्छ ।”

वर्षेनी आउने जात्राले पाटनवासीमा हर्ष मात्रै ल्याउँदैन एकताको भावनासमेत ल्याउने गरेको छ । जात्राका अवधिमा विभिन्न जातले गर्ने फरक÷फरक काम तोकिएको छ । एउटा जातको सहयोग नभइ जात्राको तयारी पूरा नहुने भएकाले पनि रातो मछिन्द्रनाथको जात्रा सिङ्गो पाटनवासीलाई जोड्ने जात्रा समेत बन्दै गएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Efforts are underway to send US vaccines to Nepal: Ambassador Khatiwada

Govt. to resume Vaccination Campaign from May 16

CAAN asks not to charge high fare in name of Emergency Flight

NRNA to supply Oxygen Concentrators to Nepal

Kami Rita scales Everest 25 times; Tourism Ministry appeals not to disseminate fake information




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter