गरीबी र अशिक्षा नै मानव बेचबिखनका कारण ः महान्यायधिवक्ता

Agni Kharelकाठमाडौँ, मङ्सिर २१ गते । महान्यायधिवक्ता अग्निप्रसाद खरेलले नेपालमा गरीबी, अज्ञानता तथा अशिक्षा नै मानव बेचबिखनको मुख्य कारणा भएको बताउनुभएको छ ।

माइती नेपालले आज यहाँ आयोजना गरेको लैड्गिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार ” भन्ने नाराका साथ आयोजना गरेको कार्यक्रममा बोल्दै महान्यायधिवक्ता खरेलले मानव बेचबिखनको अन्त्य गराउन देशका सबै सरकारी वकिललाई कडाइकासाथ कानूनअनुसार कार्यान्वयनमा ल्याउन निर्देशन गरिएको जानकारी गराउनुभयो ।

उहाँले लोभ, लालच, धम्कीका कारण पीडितले अभियोग फिर्ता लिने गरेको दुःखेसो व्यक्तगर्दै मानव बेचबिखन सम्बन्धी परेका मुद्दामा अदालतले निरन्तर सुनुवाइ गर्नुपर्नेमा जोड दिनुभयो ।

अदालतले पटक÷पटक मानव बेचबिखन गर्ने व्यक्तिलाई उपस्थित गराउन पत्रचार गरे पनि प्रहरीले उपस्थित नगराउने गरेको बताउँदै त्यस प्रकारका गतिविधिलाई अन्त्य गराउन प्रहरी प्रशासनलाई कडाइका साथ अघि बढ्न आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा अधिवक्ता अनिता थापाले १४६ जना मानव बेचबिखनमा परेका व्यक्तिसँग सोध तथा अनुसन्धान गरिएको तथा २४ वटा सर्वोच्च अदालतका मुद्दालाई विश्लेषण गरी अध्ययन गरिएको जानकारी गराउनुभयो ।

उहाँले अध्ययनका क्रममा विशेषत अशिक्षा तथा रोजगारीको बहानामा मानव बेचबिखन हुने गरेको बताउनुभयो । माइती नेपालका कार्यबहाक अध्यक्ष विश्वराम खड्काले कानूनी हकअधिकारमा पीडित अनभिज्ञता हुनु बेचबिखनको मुख्य कारण भएको बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter