‘निगमले असोजदेखि जापानको नारिता उडान गर्ने’

काठमाडौँ, साउन १६ गते । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गर्ने भएको छ ।

आगामी भदौ १२ गतेदेखि जापानको ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले नारिता विमानस्थलमा उडानको अनुमति पाएको हो । निगमले आउँदो अक्टोबरअर्थात् असोज महीनादेखि चार्टर्र्ड उडानको अनुमति पाएको निगमका प्रवक्ता गणेशबहादुर चन्दले राससलाई जानकारी दिनुभयो । निगमले नारिता विमानस्थलमा दुई वटामात्र चार्टर्र्ड उडान अनुमति पाइएको बताइएको छ । वाइडबडी ए–३३० जहाजमार्फत ओसाका र नारिता उडान गरिनेछ ।

निगमले नारितामा नियमित उडानका लागि सबै कागजी प्रक्रिया पूरा गरिसकेको छ । यो गन्तव्यमा सातामा तीन दिन उडान गर्ने निगमको योजना छ । नारिता गन्तव्यमा धेरै नेपाली यात्रु पाउने निगमको विश्वास छ । नारिता जापानको राजधानी टोकियो प्रवेश गर्ने मुख्य हवाई प्रवेशद्वार मानिन्छ । ओसाकामा नारिताको तुलनामा कम नेपालीको बसोबास रहेको छ ।

निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओसाका कन्साई अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्ने निगमले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter