पाठ्यक्रममा आधारित श्रव्यदृष्य पुस्तक तयार
काठमाडौं साउन २२ गते । आजभोलि बालबालिका किताबमा केन्द्रित हुनु भन्दा फोन, ल्यापटप जस्ता विद्युतीय सामाग्रीमा झुण्डिने प्रवृत्तिबाट अभिभावक हैरान भएका बेला डियर वाक नामक एक संस्थाले पाठ्य सामग्रीमा आधारित श्रव्यदृष्य (भिडियो) पुस्तक तयार गरेको छ ।
विद्यालयको पाठ्यक्रममा आधारित सो श्रव्यदृष्य पुस्तकलाई मल्टिमिडिया इन्टरनेट, मोवाइल एक्पस तथा अफ लाइन सामग्रीका रुपमा निःशुल्क वितरण गरिदै आएको छ ।
सो पुस्तक सरकारले तोकेको पाठ्यक्रम अनुसार सरल नेपाली भाषामा तयार गरिएकाले दुर्गम क्षेत्रका बालबालिका धेरै लाभान्वित हुने डियर वाल्क इन्फरमेसन टेक्नोलोजी कलेजका हितेस कार्कीले बताउनुभयो ।
सो केन्द्रले तयार गरेको उक्त श्रव्यदृष्य सामग्री हेर्दा दिक्क नलाग्ने गरी तयार गरिएकाे र निःशुल्क वितरण गरिने जनाइएको छ ।