चन्द्रागिरिमा ‘मदन भण्डारी स्मृति पार्क’ बन्ने

काठमाडौँ, साउन ३२ गते । चन्द्रागिरि नगरपालिका–१३ मा ‘मदन भण्डारी स्मृति पार्क’ निर्माण हुने भएको छ । काठमाडौँ महानगरपालिका र चन्द्रागिरि नगरपालिकाको साझेदारीमा उक्त उद्यान निर्माण हुन लागेको हो ।

काठमाडौँ महानगरपालिकाको रु एक करोड तथा चन्द्रागिरि नगरपालिकाको रु एक करोड लागतमा उक्त उद्यान बन्न लागेको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिनुभयो । “काठमाडौँ महानगरपालिकाले प्रत्येक नगरपालिकालाई पार्क निर्माणका लागि रु एक करोड विनियोजन गरेसँगै मदन भण्डारी उद्यान निर्माण गर्न लागेका हौँ”, उहाँले भन्नुभयो । उक्त उद्यानको बिहीबार शिलान्यास गरिएको छ ।

चन्द्रागिरि नगरपालिकाको पर्यटकीय विकासका लागि केवुल कार, कालु पाण्डे समाधी स्थल, मातातीर्थलगायतले सहयोग पुग्ने उहाँको भनाइ थियो । उद्यान निर्माणसँगै चन्द्रागिरि नगरपालिकाको पर्यटनमा थप सहयोग पुग्ने गिरीले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter